हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

  • प्रकाशित मितिः आश्विन 4, 2077
  • 225 पटक पढिएको
  • औजार संवाददाता

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
मृतक राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र पार्टीको झन्डा समेत ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई र नेकपा एक नं. प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । त्यस्तै गरी सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र रहेको एक नं. मैदानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो । श्रद्धाञ्जली सभामा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सहित नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । मृतक उपाध्यक्षको शव सोही मैदानबाट हेलिकप्टरमार्फत् भोजपुर लगिएको थियो ।
उपाध्यक्ष राईलाई गत भदौ २७ गते ज्वरो आएपछि भदौ घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना गरिएको थियो । उहाँलाई त्यस समय जण्डिस देखा परेको थियो । असोज १ गते बेलुका डिस्चार्ज गर्ने तयारी हुदै गर्दा उपाध्यक्ष राईलाई बिहान एक्कासि पखाला लागेको र रक्तचाप समेत कम देखिएपछि तत्काल वीपी प्रतिष्ठान पठाइएको थियो ।’ विपिमा उपचार सम्भव नभएपछि राईलाई विराटनगर स्थित न्युरो अस्पताल पु¥याइएको थियो । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो बिहान उहाँको निधन भयो । ४५ बर्षीया उपाध्यक्ष राईको हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने बताइएको छ । राईको शवलाई हेलिकोप्टर मार्फत गृह जिल्ला लगिएको छ । उनी तत्कालीन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । हाल उहाँ नेकपा जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्थ्यो । अविवाहित उहाँ भाइ बुहारीको साथमा बस्दै आउनुभएको थियो ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर