अब इटहरीका सबै वडामा स्वास्थ्य केन्द्र

  • प्रकाशित मितिः आश्विन 4, 2077
  • 161 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पूरयाउन सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो अभियान अन्र्तगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्यास गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरि भवन निर्माण गर्न निर्देशन दिनुभयो । केहि दिनभित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने जानकारी दिनुभयो । उपप्रमुख लक्ष्मी गौतमले आज शिल्यान्यास गरिएको भवनवाट यहि आर्थिक वर्षमा सेवा सुचारु गरिने वताउनुभयो । त्यहाँ आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको र मसलन्द खर्चका लागि वजेटको ब्यवस्था गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष चन्द्र भटराईले वडा नम्वर ४ वाट स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु गरिएकोमा खुशि ब्यक्त गर्नुभयो । इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले आधारभूत स्वास्थ्य सेवा अव इटहरीका वडा वडामै पाउने गरि काम अघि वढेको जनाउनुभयो । उहाँका अनुसार यहि आर्थिक वर्षमा १४वटा भवन निर्माण गरिने छ । अहिले १० वडामा स्वास्थ्य सस्थाहरु रहेपनि ४ वटा भाडाको भवनमा संचालित छन । यो आर्थिक बर्षभित्र सवै वडाहरुमा स्वास्थ्य सस्थाहरु भइसक्ने उहाँले जानकारी दिनुभयो । नेपाली काँग्रेसका नेता कमल राईले वडा वडामा स्वास्थ्य सेवा पुग्नु सुखद भएको वताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि जीवन कार्कीले सम्झौतामा तोकिएको समयअघिनै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । वडा सदस्य लक्ष्मी शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ