विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

  • प्रकाशित मितिः आश्विन 4, 2077
  • 1562 पटक पढिएको
  • औजार संवाददाता

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सहित नेपाली सेनाको टोली घटना स्थल पुगेको छ ।
पूर्वी पृतना इटहरीबाट मेजर विनोद काफ्लेको कमाण्डमा धरान आइपुगेको टोलीले स्थानीलाई अस्थायी बसोबासको लागी माछामारामा टेन्ट लगाएको हो । धरान–२० स्थित विष्णुपादुकाको आपटारमा पहिरोले पहाडको एक पाखा नै भासिएपछि ७ परिवार विस्थापित भएका थिए । पहाडको एकातर्फको पाखा पुरै चिरा चिरा परेपछि स्थानीय विस्थापित भएको र उनीहरुलाई तत्काल बसोबास गर्नकालागी सेनाको सहयोग मागेर तत्कालकालागी बसोबास गराउन विष्णुपादुका पुगेको उपमेयर भण्डारीले बताउनु भयो । उहाँले दिउँसो २० नं. वडा कार्यालयले खाद्यान्नकोलागी राहतको व्यवस्था गरेपनि बास बस्न समस्या भएकोले नजिकैको सुरक्षित स्थानमा टेन्ट राखिएको बताउनुभयो । हिजो राती एक्कासी जमिन हल्लिन थालेपछि स्थानीयले भागेर ज्यान भने जोगाएका छन् ।
pahiro

119593833_721103071815606_7988127715555681790_n 119937595_3282650071826858_6858479014742528230_n 119949231_2706219329631009_7186270005939724962_n 119654704_343683706990038_5406850159848789121_n 119962805_774207399813561_7730835734470391858_n


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर