रहस्यमय बन्दै गयो सोनि हाङ्मा मृत्यु प्रकरण: चलखेल गरेर सत्य लुकाउन खोजिएको माईती पक्षको दाबी, मृतकलाई न्याय दिलाउन अभियान समिति गठन

  • प्रकाशित मितिः आश्विन 4, 2077
  • 697 पटक पढिएको
  • औजार संवाददाता

धरान। सोनिहाङ्मा लिम्बू मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै मृतक सोनिको माईती पक्षले चलखेल र शत्ती प्रयोग गरेर मृत्युको रहस्य लुकाउन खोजिएको बताएका छन । १२ दिन बढी बित्दा पनि मृतकको पोष्टमार्टम रिपोर्ट आउन ढिलाई हुनु र अनुसन्धानको लागि राखिएको ४ जना मध्ये १ जनालाई छोड्नु निदनिय र सकास्पद भएको बताउदै उनिहरुले प्रेस बिज्ञप्ति समेत जारी गरेका छन । अनुसन्धानको लागि राखिएको केटा पक्षका ४ जना मध्ये १ जनालाई कोरोना पोजेटिभ देखिएको बताउदै आएता पनि अस्पताल र प्रहरी प्रशासनको निगरानिमा नराखी होम क्वारेन्टाईनमा बस्न पठाईउनु निदनिय र आपत्तिजनक रहेको उनिहरुले बताएका छन ।

सोनिहाङ्मा भदौ २३ गते धरान ११ स्थित आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको थियो । आईतराज माबो ( युबि ) भनिने सिङ्गापुरे लाहुरेसङ्ग बिबाह बन्धनमा बाधिएकी सोनिको बिबाह बन्न्धनमा बाधिएको ३ महिना नबित्दै रहस्यमय मृत्यु भएपछी घटना रहस्यमय बनेको हो ।

मृतकका श्रीमान पक्ष बारम्बार आत्माहत्या भएको बताउदै आएता पनि उता मृतकको माईत पक्षधरले भने यो कुनै पनि हालतमा आत्माहत्या नभई हत्या नै भएको भनेर दाबी गर्दै आएका छन । हत्या नै हो भनेर हामिले त्यसै दाबी गरेका हैनौ मृतक सोनिको काका अरुण तिगेला बताउछन । यो आत्माहत्या नभई हत्या नै हो भनेर मृत्युस्थलका क्राईमसिनले प्रमाणित गरिसकेको छ उनले भने । मृतकका परिवार पक्षका अनुसार घरका मान्छेले खान खान बोलाउदा पनि सोनि कोठाबाट बाहिर ननिस्केपछी ढोकाबाट चिहयाएर हेर्दा झुन्डिएको अवस्थामा देखिएको र धोका भत्काएर कोठाभित्र छिरेर सोनिका देवर र एकजना छिमेकिको सहायता लिई झारिएको कुरा छ तर यसमा पनि संका छ । हामिले त्यहा प्रत्यक्ष गएर घटनास्थलको जानकारी लिएका छौ । ताकी त्यहा उनका परिवारका बयान अनुसार ढोका बाट भित्र देख्न सकिने कुनै प्वालहरु छैन,ढोका भत्काएर छिरेको भन्ने कुरा छ तर ढोकाको चुकुलको काटी पनि खुस्किएको भने छैन,डोरिमा झुन्डिएको भनिएको छ तर सलमा झुन्डिएको भेटियो,फेनको रडमा नभई फेनको पत्तामा झुन्डिएको सल बाधिएको छ ताकी मृतकको वजनलाई त्यो फेनको पत्ताले थाम्ने अवस्था देखिदैन र अर्को कुरा कोठाभित्र रहेको टेबलदेखी माथी नै फेनको उचाई ६ फिट २ ईन्च छ तर मृतक भने ४ फिट ११ ईन्च उचाईकी छिन यतिको फरकमा पनि आफै कसरी झुन्डियो भन्ने हाम्रो आशङका हो । परिवारले बारम्बार दिएको बयानले उनिहरुको प्रमाण पुर्ण देखिदैन । त्यसैले पनि शङ्काको दायरा बढेर गएको हो । हाम्रो छोरिको मृत्युु भएको उनको परिवारबाट खबर आएन छिमेकि बाट खबर आयो त्यो पनि निकै अबेर आयो उनले भने ।

छथर गाउँलिकाका प्रमुख सन्तोष लिम्बुले ''मृतक सोनिहाङ्मालाई मानसिक रुपमा यातना दिएको, लान्छना लगाएको र प्रमाणहरु हुदा हुँदै पनि दोषिलाई कार्वाहिको दायरामा नल्याउनु दुखको कुरा रहेको बताए । मृतक सोनिले मर्नु अघि आफ्ना साथिहरुसङ्ग र मामासङ्ग एसएमसमा गरेको कुराकानीको आधारमा उनका परिवार दोषी भएको प्रष्ट ठहरयाउछ ती यावत प्रमाण हरु छन तर मृतक सोनिले न्याय नपाईरहेको अवस्था छ । उनले भने मृतक सोनिको श्रीमानमाथि पनि किटाणी जाहेर भएको छ त्यसैले उनलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताए ।

मृतक सोनि लिम्बुको न्यायका लागि अभियान समिती समेत बनेको छ । मोहन प्रसाद तिगेलाको संयोजत्वमा ५०१ सदस्यको अभियान समिती बनेको हो ।

अभियान समितिका संयोजक मोहन प्रसाद तिगेलाले पनि सोनिहाङ्माको आत्माहत्या नभई हत्या नै भएको हो भनेर बताएका छन । उनले भने त्यो घटना स्थलको प्रत्यक्ष दृश्यहरुले पुष्टि गरेको छ । घटना शङकास्पद नै रहेको छ । पुलिस प्रशासनको उपस्थिती बिना झुन्डिएको मृतकको डोरि काटनु,झार्ने बित्तिकै अस्पताल नलानु त्यहा ठूलो शङका उत्पन्न भयो । अर्को तर्फ आईतराज माबो ( युबि ) र सुनिहाङ्माको बिबाहको लागि आईतराज माबोको परिवार त्यत्ती खुशी नरहेको र मृतकका आमाजु सन्जु माबोले बिबाह नगर्न पटक पटक दबाब दिईरहेको परिवार असन्तुष्ट हुदाहुदै पनि दुईजनाले बिबाह गरेकोले पनि परिवार हत्यामा सङलग्न रहेको होकि भन्ने हाम्रो आशङका हो उनले भने । त्यसैके न्याय सजिलो ढङ्गले नपाउने अवस्था सृजना भएकोले सामाजिक दबाब सिर्जना गर्ने हिसाबले सोनिहाङ्माको न्यायको लागि अभियान समिती तय गरिएको हो उनले बताए ।

suni


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर