'राज्य सभामा हंगामा गरेकाे भन्दै भारतीमा ८ सांसद एक साताका लागि निलम्बित'

  • प्रकाशित मितिः आश्विन 5, 2077
  • 74 पटक पढिएको
  • औजार संवाददाता

भारतीय राज्य सभाका ८ सांसद एक साताका लागि निलम्बित भएका छन् ।

राज्य सभामा हंगामा गरेको भन्दै राज्यसभाका अध्यक्षले आठ सांसदलाई एक साताका लागि निलम्बित गरेका हुन् । निलम्बित हुने विपक्षी सांसदहरुमा डेरेक ओ ब्रायन, संजय सिंह, राजू सातव, केके रागेश, रिपुन वोरा, सैयद नजीर हुसेन र एलमरन करीम रहेका छन् । उनीहरुलाई आइतबार राज्य सभाका उपाध्यक्षलाई दुर्व्यबहार गरेको आरोप लगाइएको छ ।

राज्य सभाका अध्यक्ष वेंकैया नायडूले राज्य सभाको लागि आइतबार नराम्रो दिन भएको भन्दै निलम्बन गरेको घोषणा गरेका थिए ।

आइतबारको राज्य सभामा विपक्षी सांसदहरुले बेल घेराउ गर्दै उपाध्यक्षमाथि पेपर फालेका थिए भने माइक तोड्ने देखि रुल बुक फालिदिएका थिए । कृषि विधेयकमा बहसको बेला सो हंगामा भएको थियो ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर