आखाको शल्यक्रिया अव धनकुटामा प्रत्येक दिन

  • प्रकाशित मितिः आश्विन 6, 2077
  • 121 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाबाट संचालित डा. राम प्रसाद आखा अस्पतालमा दैनिक आखाको शल्यक्रिया (अप्रेशन ) हुन थालेको नेपाल नेत्र ज्योती संघ धनकुटाले जनाएको छ । भने नेपाल नेत्र ज्योती संघ धनकुटाको कार्यालय कक्ष निर्माण गर्न निर्वतान सभापतिबाट १ लाख ५० हजार रुपैया आजै प्रदान गर्नु भयो ।

डा. राम प्रसाद पोखरेल आखा अस्पतालमा हप्ताको एक दिन मात्र आखाको अप्रेसशन हुदै आएकोमा अव दैनिक रुपमा अप्रेशन हुने थालेको नेपाल नेत्र ज्योती संघ धनकुटाका सभापति रोशेष श्रेष्ठले वताउनु भयो ।

धनकुटाका आखा उपचारलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउदै जाने क्रममा ओपिडिमा दैनिक नेत्र चिकित्सकहरुले आखा जाच गरी शल्यक्रिया गर्नु पर्ने विरामीहरुलाई दैनिक अप्रेशन गर्न थालिएको अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

यसैगरी नेपाल नेत्र ज्योती संघ धनकुटाका निर्वतमान सभापति तथा केन्द्रिय कोषाध्यक्ष दोर्ण गुरागाईले नेपाल नेत्र ज्योती संघ धनकुटाको भवन भित्र कार्यलय कक्ष निर्माण गर्नका लागी खर्च भएको १ लाख ५० हजार रुपैया उहाले व्यक्तिगत तर्फबाट सहयोग स्वरुप नेपाल नेत्र ज्योती संघ धनकुटा शाखाका सभापति रोशेष श्रेष्ठलाई आज प्रदान गर्नु भएको नेपाल नेत्र ज्योती संघ धनकुटाका प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाल नेत्र ज्योती संघ धनकुटाका आज सम्पन्न भएको बैठकमा सचिव देव वहादुर खड्का,कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,सह कोषाध्यक्ष जयन्द्र प्रधान,आखा अस्पताल विकास समितिका अध्यक्ष लिलानाथ मिश्र,नेत्र ज्योती संघ धनकुटाका कार्यकारी सदस्यहरु प्रकाश श्रेष्ठ,सुनिल डंगोल,ऋषिराम ढंगाना,विजय सन्तोषी राई,रेणु श्रेष्ठ,डा.इशा श्रेष्ठ,प्रशान प्रमुख नरेन्द्र वस्नेत लगायतले आखा उपचार सेवालाई धनकुटामा थप गुणस्तरीय बनाउदै लाने वताउनु भयो ।

धनकुटामा संचालित आखा उपचार सेवालाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा थप गरी विस्तार गरिने सचिव देव वहादुर खड्काले वताउनु भयो । विजय राई धनकुटा


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर