बलिउड ड्रग्स प्रकरणमा दीपिकाको नाम जोडियो, कारण यस्ताे ?

  • प्रकाशित मितिः आश्विन 6, 2077
  • 145 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ ।

भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ ।

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । अर्कोतर्फ एनसीबी टोलीले दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्न सक्ने सम्भावना रहेको छ । सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।


स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्र

महामारीबाट सतर्क हुँदै दशैं मनाउन सभामुखको आग्रह

धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ