धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

  • प्रकाशित मितिः आश्विन 16, 2077
  • 189 पटक पढिएको
  • औजार संवाददाता

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृहत भेला तथा नगर कार्य समितिको कार्यालय उद्घाटन कार्यक्रममा पाख्रिवासको कांग्रेसजनले वताएका छन ।

भने आजै पाख्रिवासमा संगठन विस्तार तथा सुदृढीकरण गर्नका लागी कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गरी जम्मा ५ लाख ५३ हजार ५ सय रुपैया सहयोग गर्नेे विश्वास व्यक्त गर्दै घोषणा गरेका छन ।

धनकुटाको पाख्रिवासमा विगतमा कमजोर रहेको कांग्रेसको संगठन अहिले आएर दिन प्रतिदिन सशक्त र शक्तिशाली हुदै गएको सयौको संख्यामा अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको जनलहर बढ्दै गएको पाख्रिवासका स्थानीय कांग्रेस नेताहरुले वताउनु भएको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले पाख्रिवास नगर कार्यसमितिको कार्यालयको उद्घाटन गर्दै कांग्रेसले अहिले नविनतम ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्दै गएकाले कांग्रेसको पक्षमा जिल्ला व्यापी जनहर आएको वताउनु भयो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा कांग्रेस नेता आनन्द सन्तोषी राईले कांग्रेसको विकल्प नभएको वताउनु भयो ।

नेपाली कांग्रेस पाख्रिवास नगरका नेता तथा जेष्ठ अभिभावक भक्त वहादुर गुरुङ्गको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई ,जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग, निर्मल ओझा, मोहन वान्तवा,जयन्द्र घिसिङ्ग, गोरख वहादुर पिठाकोठे, प्रदेश सभा क्षेत्रिय सभापति इन्दिरा थापा, सचिव हरी वहादुर राई ,नेपाली कांग्रेसका नेता कृष्ण थापा, नेपाल महिला संघ धनकुटार्की उपाध्यक्ष अम्विका धमला,पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारी, कोषाध्यक्ष विर वहादुर थापा,तरुण दल पाख्रिवासका अध्यक्ष रवी राई,नेपाली कांग्रेस पाख्रिवासका नेताहरु निलम थापा,गोविन्द थापा डि वि मोक्तान,विष्णु मोक्तान ,रमेश पाण्डे,सन्तोष मानन्धर लगायतले नेपाली कांग्रेसको पक्षमा अहिले पाख्रिवास भरी जनलहर बढ्दै गएको वताउनु भयो ।

नेकपा पाख्रिवास नगर समितिका सदस्य पूर्ण वहादुर थापा लगायत विभिन्न पार्टीहरुबाट हिजो र आज गरी ९३ जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको र अहिले सम्म पाख्रिवासभरीबाट विभिन्न पार्टीहरु परित्याग गरी १हजार ४ सय १७ जना नेपाली कांग्रेसमा प्रवेश गरी सकेको नेपाली कांग्रेस पाख्रिवासका उपसभापति प्रेम भण्डारीले वताउनु भयो ।

पाख्रिवासमा संगठन विस्तार तथा सुदृढीकरण गर्न चाहिने आवाश्यक आर्थिकको लागी पाख्रिवास लगायतका नेता तथा कार्यकर्ताहरुले गरी जम्मा ५लाख५३ हजार ५ सय रुपैया सहयोग गर्ने प्रतिवद्धता गरी तिन महिना भित्र बुझाउने आजै विश्वास दिलाउदै घोषणा गर्नु भएको आर्थिक समितिका संयोजक ज्ञान वहादुर गुरुङ्गले वताउनु भयो ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सचिव चन्द्र वस्नेतले गर्नु भएको कार्यक्रममा नेपाली कांग्रेसको विधान र क्रियाशिल सदस्यता वितरण सम्वन्धि जिल्ला सचिव विजय सन्तोषी राई र संगठन विस्तार सम्वन्धमा जिल्ला सदस्य जयन्द्र घिसिङ्गले सहजीकरण गर्नु भएको थियो ।

कांग्रेसका पाख्रिवास नगरका सवै वडाका वडा सभापतीहरु,नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिको कार्यालयको जिल्ला सभापति अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई र प्रदेश क्षेत्रिय कार्य समितिका सभापति इन्दिरा थापाले संयूक्त रुपमा विशेष समारोहका विचउद्घाटन गर्नु भएको पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारी वताउनु भयो ।
विजय राई,धनकुटा


धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर