विद्यार्थीका लागि कृषि फर्म खोलेका छौं, लगानी कर्ता वौलाउने स्थिती आयो (भिडियाे सहित)

  • प्रकाशित मितिः आश्विन 27, 2077
  • 787 पटक पढिएको
  • औजार संवाददाता

समुन्द्र राई (अध्यक्ष) ओशीष इंग्लिस हाई स्कुल, धरान - १७
धरान ।
धरान– १७ डाँडाघोपामा रहेको ओशीस इंग्लिस हाई स्कुल धरानको नमुना विद्यालय हो । जहाँ विद्यार्थीले घोकन्ते विद्या मात्रै होइन,जीवन उपयोगी शिक्षा पनि लिने गरेका छन् । केवल कक्षा कोठामा शिक्षकले पढाएर मात्रै होइन विद्यार्थीलाई हेरेर, अनुभव गरेर , भ्रमण गराएर व्यवहारिक शिक्षा पनि दिनु पर्छ भन्ने मान्यता विद्यालयले लिएको छ । विशेष गरि हाम्रो भुमिमा कृषिको प्रचुर मात्रमा संभावनाहरु छन्। ती संभावनाहरुलाई विद्यार्थी मार्फत उत्प्रेरणा जगाउने कार्य ओशीषले गर्दै आएको छ ।

१. कोरोनाको कारणले विद्यार्थीको पठन–पाठन पनि प्रभावित वनाउँदै लगेको छ, जस्ले गर्दा सरकारले वैकल्पिक शिक्षालाई प्राथमिकता वनाएको छ, प्रभावकारी होला यो शिक्षा ?
वास्तवमा यो सरकारले अहिलेको अवस्थामा वैकल्पिक शिक्षा मार्फत विद्यार्थीलाई पठन पाठन गराउन आग्रह गरेको छ । तर यो शिक्षाले हुने खाने र हुँदा खानेवीच अप्ठायारो वनाएको छ । वैकल्पिक शिक्षा अनलाइन मार्फत सरकारले पठन पाठन गराउन भने पनि अनलाइनको पहुँच सवैसँग छ भन्ने छैन । सवैको पहुँच पुग्न सकेको छैन । हामी विद्यार्थीलाई अनलाइनमा आउनु भन्छौ तर कतिको नेट छैन , कतिको मोवाइल छैन अर्थात प्रविधिको प्रयोग गर्ने अवस्था छैन।

साधान श्रोतहरु छैन । राम्रो विद्यार्थीहरुले पनि यसको कारणले पढ्ने अवसर पाएका छैनन् । हुनेहरुले त अनलाइन अथवा घरैमा शिक्षक वोलाएर पनि शिक्षा लिइरहेका छन् । यसर्थ यो अनलाइन शिक्षालाई अव्सनको रुपमा लिन सकिन्छ तर दीर्घकालिन समस्या समाधान भने होइन । यो कोरोनाको सक्रमणबाट वच्नु र वचाउनु चाहिँ पर्छ तर विद्यालय मात्रै यसको सक्रमण हुने स्थल जस्तो भयो । जस्तो वजार पसल , यातायात लगायत सवै कुराहरु खुले तर विद्यालय भने खुल्न सकेको छैन । मेरा विद्यार्थीहरु विदेशमा पनि रहेका छन् । म दैनिक विद्यार्थीको सम्पर्कमा हुने गर्छन, अमेरिका, जापान ,अष्ट्रेलिया, सिंहापुर लगायतका देशहरुमा प्राय खुल्ला छन् । तर के छ भने दुरी कायम गरेर जनजीवन सहज वनाएका छन् । यहाँ चाहिँ यस्तो छ मैले कही वुझ्न सकेकी छैन।

२.अव कसरी विद्यालयमा विद्यार्थीलाई अध्ययन अध्यापन गराउनु पर्छ होला, यस्तो अवस्थामा ?
अव अहिले समस्या सवैको हो । यसमा सरकारले कसरी समाधान गर्ने चनेर चिन्तन मनन् गर्दै योजना वनाउनु आवस्यक छ । खासगरि विद्यालयमा चौपट भएको छ । टिचरको समस्या एउटा छ, विद्यालयको समस्या अर्को छ अनि अभिभावक समस्या पनि त्यस्तै छ । निजि विद्यालय लगानीकर्ताले सन्चालन गरेका हुन्छन् ।लगानी कर्ताहरुमा यस्तै स्थिती रही रह्यो भने अव हामी पढाउनु सक्दैनौं है भनेर सरी भनेर सवै स्कुलले लक गर्नु पर्ने अवस्था आएको छ ।यदि सरकारले सहयोग नगर्ने हो भने हामी शिक्षक, विद्यार्थी, अभिभावकलाई सरी भनेर स्कुल लक गर्नै पर्छ । साँच्चै भन्ने हो भने लगानी कर्ता वौलाउने स्थिती छ ।

३. ओशीस स्कुलले सैद्धान्तिक शिक्षासँगै प्राक्टिकल शिक्षालाई पनि वढी प्राथमिकता दिएको छ , कसरी यो शिक्षा दिदैं हुनु हुन्छ ?
– हामीले विद्यार्थीलाई प्राक्टिकल शिक्षालाई पनि वढी जोड दिएका छौं । हाम्रो वच्चाहरुलाई हामीले दुध कहाँबाट आउँछ भन्ने कुरा सिकाउँछौं । तर अहिलेका वच्चाहरुलाई अधिकाँस वच्चाहरुलाई यस्ता कुराको ज्ञान छैन । यस्ता कुराहरुको ज्ञान पछिल्लो समय कमै मात्रमा पाइन्छ । जस्तो दुध कहाँबाट आउँछ भन्ने कुरा गाई ,भैसी,भेडा, वाखाबाट दुध आउँछ भन्ने कुरा हामी सिकाउँछौं । अव धान कसरी फल्छ, कहाँबाट आउँछ, कसरी उत्पादन हुन्छ भन्ने कुरा थाहा पाउनु पर्छ । यसको लागि हामीले विद्यालयमा नै कृषि फर्म खोलेका छौं । मेरो ससुरा मान बहादुर मझिया उहाँलाई संखुवासभामा चिनिन्छ । उहाँ चाहिँ जराजुरी पुरस्कारबाट पनि सम्मानित हुनु भएको थियो । हाम्रो पहाडमा अलैचीखेती, किवी खेती लगायत सवै छ। मैले हाम्रा विद्यार्थीलाई छुट्टीको वेला किवी रोप्नको लागि सिकाएको थिएँ । अहिले हामीसँग यो ड्रागनफुड, धानहरुको धैरै प्रकार धानहरु पनि छन् ।

४. कृषि संवन्धी शिक्षा दिने स्कुल धरानमा नै पहिलो हो ?
म पहिलो त भन्नु सक्दिन । हाम्राे कोर्सको शिक्षा छ्ट्टै हुन्छ एक्स्ट्रा क्रियाक्लापमा हामी यस्तो ज्ञान दिने गर्छौ । तर मेरो श्रीमान लेख वहादुर जिमी हुनु हुन्छ । स्कुलको डाइरेक्टर पनि हो । उहाँले वेला–वेलामा विद्यार्थीलाई वाह्य वातावरणको पनि ज्ञान र अनुभव गराउन सिकाउनु हुन्छ ।

कहिले हाइकिङ , क्याम्पिङ,¥याफटिङ, प्याराग्लाडिङ जस्ता कुराहरुको पनि छुटट्ीको वेला विद्यार्थीहरुलाई लैजानु हुन्छ । हामी विद्यार्थीलाई जीवन उपयोगी शिक्षा पनि दिने कोशिष गरिरहेका छौं ।हामी वाह्य देशबाट आउने कृर्षिजन्य वस्तु भन्दा पनि हाम्रै देशमा उत्पादन कुने कृर्षि वस्तुहरु उत्पादन गरेर विद्यार्थीलाई पनि यसरी उत्पादन गर्नु सकिन्छ भनेर सिकाउँछौं ।

यहाँको रातो आलु,निलो आलु अनि धानका विभिन्न प्रकारहरुका वारेमा सिकाउँछौं । जसले गर्दा विद्यार्थीले भविष्यमा गएर आफैंले उत्पादन गर्न सक्छन् ।

५. यहाँ अध्ययन गरेका विद्यार्थीहरुबाट कस्तो सफलता प्राप्त गरेका छन् त ?
हजुर , यो अभ्यासबाट पढेर जागिर नै खानु पर्छ भन्ने कुरालाई भन्दा पनि आत्म निर्भर वन्नु अरु पनि हाम्रो भुमिका संभावनाहरु छन् ।

यहाँ पढेका विद्यार्थीहरुले कृषि अन्र्तगत तरकारी खेताी, वाख्रा खेती लगायत गरेर स्वरोजगार वनेका उदाहरणहरु धेैरै छन् । हा

६. तपाई यो क्षेत्रमा निरन्तर हुनु हुन्छ ?कहिल्यदेखि शैक्षिक क्षेत्रमा प्रवेश गर्नु भएको हो ?
म चाहिँ धनकुटाको पुर्वान्चल खानेपानी आयोजनाबाट जागीर जीवनमा प्रवेश गरेको हो , त्यस पछि रेडक्रसमा काम गरे अनि व्रिटिस क्याममा लामो समय सम्म काम गरे ।अनि २०६४ सालदेखि म स्कुलतिर लागे । मेरो वुवा जित बहादुर राई हुनु हुन्छ ।

भोजपुर माइती घर हो । राम प्रसाद राई हुनु हुन्थ्यो नी उहाँचाहि मेरो आफ्नै काका हो । मेरो परिवारमा चाहिँ पढ्नु पर्छ भन्ने कुरामा सचेत हुनु हुन्थ्यो र मैले भोजपुरको घोडेटारमा स्कुल पढेको हो । त्यो वेला कठिन थियो । विहान हिडेर घोडेटार वेलुका पुगिन्थ्यो । त्यसरी मैले पढेको हो । एक महिना सम्मको लागि चामल वोकेर पढ्नु पथ्र्यो ।

पठन पाठन त्यति वेला अहिलेको भन्दा कडा थियो । शिक्षकलाई सम्मान गथ्यौं । शिक्षक भने पछि गड एन्जल नै मान्थ्यौं । यसरी मैले पारिवारिक वातावरण र परिवारको प्रेरणाबाटै नै अहिले शैक्षिक जगतमा निरन्तर छु ।
( वाँकी भिडियो पुरा हेर्नुहोला )


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्