‘विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व’

  • प्रकाशित मितिः आश्विन 28, 2077
  • 80 पटक पढिएको
  • औजार संवाददाता

बेलायत । बेलायतको सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक मानिने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले साहित्यकार विजय हितान मगरको अध्क्षतामा तेस्रो कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थिर थापा मगर, सचिवमा अमित थेवे, सहसचिवमा लाहाङ चेम्जोङ, कोषाध्यक्षमा सेमन्त राई, सहकोषाध्यक्षमा सन्ध्या गुरुङ र मिडिया सचिवमा विश्वजीत थापा रहेका छन् । त्यस्तै, सदस्यहरूमा सर्वधन राई, टिमाया राई, सञ्जीव परदेशी, सुष्मा रुपाबुङ राई र किरण चाम्लिङ रहेका छन् ।

जुम अधिवेशनले घन थापा मगरलाई संरक्षकमा चयन गरेको छ । त्यसैगरी, सल्लाहकारहरूमा विनेसामका पूर्व अध्यक्ष विश्वासदीप तिगेला, केस सुरेन्द्र इङ्नाम, गणेश पुन र औँतारी साइलालाई छनोट गरेको छ ।

विश्व नेपाली साहित्य महासंघको स्थापना सन् २०१० मा भएको हो । साउथ यूकेको स्थापना भने सन् २०१६ को मार्चमा भएको हो । नवनिर्वाचित अध्यक्ष हितानले यसअघि पनि सन् २०१६ देखि २०१८ सम्म अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । २० मुलुकमा २७ वटा शाखा समितिहरू रहेको महासंघले २०१८ मा साउथ यूकेलाई गतिविधिका आधारमा सबैभन्दा सक्रिय शाखा समिति घोषणा गरेको थियो ।

शनिबार बसेको महासंघको पहिलो बैठकले पूर्व कार्यकालको समीक्षा गर्दै भावी नीति तथा कार्यक्रमको खाका पनि प्रस्तुत गरेको अध्यक्ष हितानले जनाए । उनले आफ्नो कार्यकाल युद्ध साहित्य, वातावरण साहित्य र मातृभाषा साहित्यको कार्यक्रमहरूमा बढी लक्षित हुने उल्लेख गरे । यसैगरी, बेलायतमा रहेका नेपाली साहित्यकार र सर्जकहरूको सृजनात्मक प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्न पनि क्रियाशील रहने बताए ।

महासंघले आगामी नोभेम्बर सात तारिखका दिन युद्ध साहित्य सिर्जना वाचन तथा विमर्श कार्यक्रम आयोजना गर्ने बताए ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर