इटहरीका चार मासु पसलमा ताला

  • प्रकाशित मितिः कार्तिक 1, 2077
  • 851 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । इटहरीमा मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने चार वटा पसलमा ताला लगाइएको छ ।

इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा विहान भएको वजार अनुगमनको क्रममा विपी चौक जाने सडक छेउमा रहेका चार वटा मासुपसलमा ताला लगाइएको हो । गत असोज २५ गते अनुगमनका क्रममा ती पसलहरुलाई खुल्ला रुपमा मासु नवेच्न र ३दिन भित्रमा जाली लगाउन निर्देशन सहितको पत्र दिइएको थियो । पूःन अनुगमन गर्दा पनि जाली लगाएको नपाइएपछि वाध्य भएर ताला लगाइएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो ।

विगत दुई बर्ष देखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिएपनि अटेर गरेको उपमेयर गौतमले जानकारी दिनुभयो । आज जम्मा सात वटा मासु पसलको अनुगमन गरिएको छ । अरु चार वटा पसललाई तीन दिन भित्र सुधार गर्न पत्र दिइएको छ । पूःन अनुगमनका क्रममा सुधार गरेको नपाइए ती पसलहरुमा पनि ताला लगाउन वाध्य हुने उपमेयर गौतमले वताउनुभयो । इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर