इण्डियन प्रिमियर लिग (आइपिएल) 'रोयल च्यालेन्जर्स बैंगलोरले पायो १७८ रनको लक्ष्य'

  • प्रकाशित मितिः कार्तिक 1, 2077
  • 64 पटक पढिएको
  • औजार संवाददाता

इण्डियन प्रिमियर लिग 'आइपिएल' अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १७८ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको हो ।

राजस्थानका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ३६ बलमा ५७ रन बनाए भने रोबिन उथप्पाले ४१ रन बनाएका थिए । त्यस्तै जस बोटलरले २४ रन बनाए भने बेन स्टोकले १५, राहुल तेबातियाले अविजित १९ रन बनाएका थिए ।

त्यस्तै सन्जु सामसनले ९ रन र जोफ्रा आर्चरले २ रन बनाएका थिए । त्यसैगरी बैंगलोरका बलर क्रिस मोरिसले ३ विकेट लिए भने युजवेन्द्र चहलले २ विकेट लिएका थिए ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर