इटहरीमा म्याद नाघेका सामाग्री वरामद

  • प्रकाशित मितिः कार्तिक 4, 2077
  • 198 पटक पढिएको
  • औजार संवाददाता

इटहरीमा म्याद नाघेका सामाग्री वरामद
इटहरी उपमहानगरद्वारा इटहरीको लविपुर,पकली र कान्छीचौकमा वजार अनुगमन गरि म्याद नाघेका सामाग्री वरामद गरिएको छ ।
उपभोक्ता हित संरक्षण समितिको संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा ती ठाँउहरुका ८ वटा किराना पसलमा अनुगमन गरिएको हो । चार वटा पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।
मसला,तेल,सुजि,सस,वेसन,कोदोको पीठो,वेसार,फुडकलर,हर्लिक्स,चिया पत्तीको म्याद गुज्रिएको पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिनुभयो । मूल्यसूची नराखेका,पसलको वोर्ड नराखेका,वर्षेनी नविकरण नगरेका पसलहरुलाई तीनिहरुको ब्यवस्था गर्न निर्देशन दिइएको छ । म्याद गुज्रिएका समान राख्ने छुटटै ठाँउको ब्यवस्था गर्न र म्याद गुज्रिएका समान भनेर लेखेर टास्न भनिएको छ । इटहरीमा निरन्तर वजार अनुगमन भइरहेको छ । उपभोक्ताको हीत र स्वास्थ्यलाई मध्यनजर गरेर अनुगमनलाई तिव्रता दिइएको उपमेयर गौतमले जानकारी दिनुभयो ।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको