धनकुटा उद्योग बाणिज्य संघको घर दैलोमानै शुभ कामना

  • प्रकाशित मितिः कार्तिक 5, 2077
  • 107 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा । कोरोना भाईरसका कारण धनकुटा उद्योग बाणिज्य संघले यस बर्ष दशै,तिहार,नेपाल सम्वत ,छड,वाडङ्मी लगायत विभिन्न चाड पर्वको अवसरमा घर दैलो शुभकामना आदन प्रदान गरेको आज जनाएको छ ।

कोरोना भाईरस दिन प्रतिदिन फैलदै गएकाले धनकुटा उद्योग बाणिज्य संघले शुभ कामनामा आदन प्रदानको विशेष समारोहका विच कार्यक्रम नगरेर व्यपारी,व्यवासयी तथा उद्योगहरुकै घर घरमानै गएर शुभ कामना आदन प्रदान गरेको छ ।

धनकुटा बजार र हिले बजार क्षेत्रको व्यापारी तथा व्यावसायीहरुको पसलहरुमानै गएर धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,लिजा श्रेष्ठ,शोभा श्रेष्ठ,डिजेश शाक्य,राम घिसिङ्ग,नगेन्द्र काफेले लगायतका पदाधिकारी तथा सदस्यहरु र कार्यालयका कर्मचारीहरु गएर शुभ कामना पत्र प्रदान गर्दै एक आपसमा शुभ कामना आदन प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संका कार्यालय सचिव सिचन प्रधानले वताउनु भयो ।

दशै,तिहार,नेपाल सम्वत,छड लगायतका सवै चाड वर्पको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले भव्य रुपमा विशेष समारोहका आयोजना गरी शुभ कामनाका आदन प्रदान गर्ने कार्यक्रम भएकोमा कोरोना भाईरसका कारण यस बर्ष भव्य रुपमा शुभ कामना आदन प्रदान गर्न नसकिएकोले पसल पसलमानै गएर शुभ कामना आदन प्रदान गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
विजय राई,धनकुटा


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको