‘उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कोशी पाथीभरा पोलिक्लिनकमा तालावन्दि’

  • प्रकाशित मितिः कार्तिक 5, 2077
  • 787 पटक पढिएको
  • औजार संवाददाता

धरान । इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको वोर्ड राखेर संचालन गरिएको पोलिक्लिनिकमा तालावन्दी गरिएको छ ।

उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कोशी पाथीभरा पोलिक्लिनकमा तालावन्दि गरिएको हो । दर्ता नगरि गैरकानुनी तरिकाले अस्पतालको रुपमा संचालन गरेको पाइएकाले तालावन्दी गरिएको उपमेयर गौतमले वताउनुभयो ।

त्यहाँ वाट म्याद गुज्रिएका औषधीहरु पनि वरामद गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो । आज इटहरी मेडिकल हल,शैलुङ मेडिकल हल,पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रा.ली, कलस फार्मेसी ५ वटा फार्मेसी तथा मेडिकलहरु अनुगमन गरिएको छ । सो क्रममा केहि फार्मेसी तथा मेडिकलमा औषधी ब्यवस्था विभागमा दर्ता नगरिएका खादयपुरक समाग्री वेच्न राखिएको समेत पाइएको औषधी ब्यवस्था विभागका प्रतिनिधि सरोज सुवेदीले वताउनुभयो । मापदण्ड पूरा नगरेकाहरुलाई सुधार गर्न निर्देशन दिइएको उपमेयर गौतमले वताउनुभयो ।

इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ । हिजो मात्र पकली कान्छिचौक र लविपूरका किराना पसलमा अनुगमन गरि म्याद गुज्रिएका समानहरु वरामद गरि नष्ट गरिएको थियो ।

pathi

 


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको