हर्षु ‘मेरो राष्ट्र’ लिएर आँउदैछिन (अन्तर्वार्ता सहित)

  • प्रकाशित मितिः कार्तिक 5, 2077
  • 169 पटक पढिएको
  • औजार संवाददाता

धरान । सुमधुर स्वरकी धनी धरानकी गायिका हर्षु राईको ‘मेरो राष्ट्र’बोलको म्युजिक भिडियो लिएर दर्शक सामु आउँदैछिन् ।

पत्रकार गोपाल दाहालको रचना र संगीतकार प्रियदर्शी विनोद राईको संगीतमा राष्ट्रिय गीतको म्युजिक भिडियो अहिले धमाधम छायाँकन भईरहेको छ । धरानका निर्देशक नगेन्द्र राईले उक्त म्युजिक भिडियोमा निर्देशन गर्दै छन् । भिडियोको छायाँकन सोलुखुम्वु र ओखलढुंगाको हिमाली दृष्य सहित तराईका विभिन्न स्थान र धरानमा अहिले भइरहेको गायिका हर्षु राईले औजारसँग वताइन् ।

उनले भनिन्, ‘सुटिङ सोलुखुम्वुबाट शुरु गरी ओखलढुंगा अनि तराईका विभिन्न स्थानहरु र अहिले हाम्रो आफ्नै धरानमा सुटिङ हुँदैछ, संभवत तिहार पछि दर्शक सामू ल्याउने प्रयत्नमा छौं, अहिले आधा सुटिङ सकिएको छ । ’गायिका राई भन्छिन्,‘हामीले म्युजिक भिडियो मार्फत आफ्नो देशलाई जोड्न खोजेका छौं, आफ्नै स्वदेशमा वसेर केही गरौं भन्ने सन्देश दिन खाजेका छौं।’निर्देशक नगेन्द्र राईले म्युजिक भिडियो तयार गरिरहँदा आफुलाई वेग्लै अनुभव भएको छ, राष्ट्र, राष्ट्रप्रेमलाई सांकेतिक रुपमा चित्रण गर्न खोजिएको छ, यसमा हामी विभिन्न जात–जातीको भेषभेषा सहित हिमाल,पहाड र तराईलाई फोकस गरेर निर्माण हुँदैछ।

’लगभग ५ मिनेटको गीतमा गायिका हर्षु राई स्वयम् मुख्य भुमिका छिन् भने धरानका डान्स सेन्टरको कलाकारले प्रस्तुती दिरहेका छन् । वाल्यकालदेखि नै गीतमा रुची राख्ने गाउँघरतिर देउसी भेैलो जस्ता कार्यक्रममा गीत गुनगुनाउँदै आफुलाई अहिले गायिकाको रुपमा स्थापित गराएकी छन् । उनी भन्छिन्,मेरो प्रेरणा भनेको हिमायती जनसाँस्कृतिक परिवार हो, जहाँबाट मेैले गीतको क्षेत्रमा अघि वढ्ने मौका मिलेको हो। ’गायिका हर्ष राई धरान उपमहानगरपालिकाको कर्मचारी समेत हुन् ।

उनले समय व्यवस्थापन गर्दै आफ्नो रुचीको रुपमा संगीतलाई अघि वढाई रहेकी छन् । हाल सम्म ४५ वटा भन्दा बढी गीत गायिका राईले गाइसकेकी छन् । नेपाली सांगितिक आकासमा राष्ट्रप्रेम, प्रेमभाव, आधुनिक सवै प्रकारको गीतमा स्वर दिइसकेकी छिन् ।उनी सामाजसेवालाई पनि उतिकै सक्रिय हुन्छिन्। दुखपीडा अनि आँसुमा हाँसु र खुशी ल्याउनको लागि सहयोग गर्छिन ।

कसैलाई उपचार गर्न आर्थिक अभाव , कसैलाई साह्रै दुख भयो भने उनी चुप लागेर वस्दिनन् । सकेको सहयोग गर्ने उनको मन छ । उनी भन्छन्,‘धन भएर मात्रै हुँदैन,मन पनि हुनु पर्छ।’ गायिका हर्षु राई आफ्नो र छोरीको जन्मदिन वृद्धाश्रम, बालआश्रमतिरै सहयोग गरेर मनाउने गरेको वताउँछिन ।
(वाँकी भिडियो अन्र्तवाता हेनु होला )

harrr

harr


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको