धरान । एक नं. प्रादेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले बडादशैकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
सभामुख भण्डारीले एक सन्देश जारी गर्दै ‘एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७७ को पावन अवसरमा शुभकामना’ व्यक्त गर्नुभएकाे छ।
उहाँले जारी गरेकाे सन्देशमा भनिएकाे छ ‘बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको विभिन्न जातजाति, समुदाय, भाषाभाषी, सम्प्रदाय, भूगोल र धर्माबलम्वीहरुले मनाउदै आएका चाडपर्व तथा सँस्कृतिले विविधतायुक्त विशेषताहरुलाई सम्मान गर्दै हामी नेपालीलाई एकताको सुत्रमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता, अनेकतामा एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।’
उहाँले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेर समाजलाई प्रभावित पारिरहेको भन्दै महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका संभव उपायहरु अबलम्वन गर्दै दशैं मना आग्रह गर्नुभएकाे छ।
धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र
धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
Copyright © 2021 - Aujarnews.com All rights reserved