धरानका विपन्न परिवारलाई राहत वितरण

  • प्रकाशित मितिः कार्तिक 7, 2077
  • 237 पटक पढिएको
  • औजार संवाददाता

धरान । हाम्रो युवा समाजले धरानका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।
समाजले धरान–५ का ५५ परिवारलाई राहत वितरण गरेको हो । प्रति परिवार २० केजी चामल र १ पोका तेलका दरले बितरण गरिएको समाजका अध्यक्ष दिपक घिसिङले जनाउनुभएको छ । उहाँका अनुसार कोरोना महामारीले गर्दा समस्यामा रहेका अपाङ्ग, अशक्त, एकल महिला, बिपन्न तथा बृद्धबृद्धाकालागी राहत वितरण गरिएको हो । उक्त राहत सामाग्री स्वदेश तथा विदेशका १८ जना दाताहरूबाट संकलन गरिएको ९६ हजार ७११ रूपैया बराबरको खाद्यान्न रहेको घिसिङले बताउनुभयो।
राहत वितरण कार्यक्रममा संघिय सांसद जयकुमार राईले दशैंको मुखमा विपन्न परिवारलाई राहत मिलेको बताउनुभयो । उहाँले लामो समय लकडाउन भएको र अहिले खुलेपनि धरानमा कोरोना महामारी फैलिदो अवस्थामा रहेकोले धरानका विपन्न परिवारलाई समस्या परेको बताउनुभयो । राहत वितरण कार्यक्रममा प्रदेश सांसद उमिता बराईलीको समेत उपस्थिती रहेको थियो ।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको