स्कुलका पुजारीले बाइक चोर्दै गर्दा रंगेहात पक्राउ, भारत लगेर बेच्ने गरेको खुलासा

  • प्रकाशित मितिः कार्तिक 7, 2077
  • 917 पटक पढिएको
  • औजार संवाददाता

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रंगेहात पक्राउ परेका छन् ।
प्रतिष्ठानको ओपिडि बाहिर पार्किङ गरि राखिएको को २५ प ३५५६ नं. को पल्सर बाइक डोहो¥याउँदै गर्दा भिआइपी सेक्युरिटी सुपरभाइजर बसन्त राईको नेतृत्वमा रहेको टोलीले आज राती उदयपुरका हरीप्रसाद निरौला पक्राउ गरेको हो भने उनीसँगै पक्राउ परेका धरान–१६ का सुदीप दाहाल भने फरार भएका छन् ।

प्रतिष्ठानको सुरक्षामा खटिएका भिआइपी सेक्युरीटि गार्डले उनीहरुलाई पक्राउ गरेका थिए । तर दाहाल भने चाबी लिएर आउने बाहानामा फरार भएको भिआइपी सेक्युरिटी इन्चार्ज धनबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका निरौलालाई सेक्युरीटीले इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाएको छ । पक्राउ परेका निरौलाको साथबाट भारतीय मोटरसाइकल वर्कसपको भिजिटिङ कार्ड समेत फेला परेको छ । उनीहरुले यहाँबाट मोटरसाइकल चोरी गरी भारतमा लगेर बेच्ने गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । निरौला यस अघि दिल्ली पब्लिक स्कुलको पुजारी रहेको समेत खुलेको छ ।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको