‘दशै तिहारमा उपहार स्वास्थ्य समाग्री’

  • प्रकाशित मितिः कार्तिक 7, 2077
  • 125 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा । कोरोना भाईरस दिनप्रतिदिन महामारीको रुपमा फैलदै गएकाले दशै तिहार लगायत सवै चाड पर्वमा कोसेली तथा उपहार स्वास्थ्य समाग्रीहरु प्रयोग गर्न धनकुटा उद्योग बाणिज्यसंघले हिजाे अपिल गरेको छ ।

दशै तथा तिहारमा टिका लगाउन जादा वा आउदा कोरोना भाईरसबाट बच्न माक्स, फेस सिल,सेनिटाईजर,पञ्चा उपहार तथा कोसेलीको रुपमा ल्याउन र लैजानका लागी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले अपिल गनु भएको छ ।

दशैमा आफन्तमा टिका लगाउन जादा वा भेटघाट गर्न जादा रोटी,मासु ,रक्सी कोसेली तथा उपहार दिएर जाने प्रचलन रहेकोमा यस पटक कोरोना भाईरस फैलदै गएकाले रोटी मासु रक्सीको साट्टो माक्स,फेस सिल,पञ्जा लगायत स्वास्थ्य समाग्रीहरु र फलफुल लिएर जान धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको हो ।

यसैगरी तिहारमा चेलीहरुले भाईतीहरुलाई टिका लगाई दिईपछि रक्सिको साट्टो सेनिटाईजर माक्स,पञ्जा,फेस सिल उपहार दिन र माईतीले पनि चेलीहरुलाई माक्स,फेस सिल,सेनिटाईजर लगायतका स्वास्थ्य समाग्रीहरु उपहार दिई कोरोना भाईरसबाट आफु पनि बच्न र आफन्तहरुलाई बचाउन धनकुटा उद्योग बाणिज्य संघले सवैमा अनुरोध गरेको छ ।
विजय राई,धनकुटा


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको