धरान नजिकै केराबारीको कालिज फर्ममा दशै लक्षित विक्री सुरु

  • प्रकाशित मितिः कार्तिक 9, 2077
  • 1357 पटक पढिएको
  • औजार संवाददाता

धरान । पछिल्लो समय अर्गानिक खानपानमा सबैको ध्यान पुग्न थालेको छ । अर्गानिक खानाले मानव स्वास्थ्यमा धेरै फाइदा गर्ने भएपछि त्यसतर्फ सबै आकर्षित हुन थालेका हुन् । त्यसैको उपज स्वरुप पानवारीका भूपेन्द्र भट्टराईले केराबारीमा हरि एग्रिकल्चर एन्ड लाइभ स्टक सेन्टर (कालिज फर्म) खोलेका छन् । कालिज जंगली कुखुराको रुपमा चिनिन्छ र यसको मासु एकदमै स्वादीलो र शक्तिबर्दक भएकोले मासुका पारखीहरुको रोजाइमा पर्छ ।
भट्टराईले केराबारी–६ सानो राङ्चामा कृषि फर्म सञ्चालनमा ल्याएका छन् । उनको फर्ममा कालिज एकहजार वटा, लोकल कुखुरा ६ सय भन्दा बढी, टर्की ५०, कडकनाथ कुखुरा १ सय ७५, लोकल तथा बोयर खसी, हाँस, बट्टाई लगायत रहेका छन् । फर्ममा अहिलेसम्म करिब १ करोड भन्दा बढी लगानी भइसकेको भट्टराईले बताए । उनको फर्ममा अहिले दशै तिहारलाई लक्षित गरेर कालिज विक्री गर्न सुरु समेत गरीसकेका छन् ।
उनले फर्मबाटै कालिजको चल्ला उत्पादन गर्ने लक्ष्य लिएको र एक वर्ष भित्रमा चल्ला बजारमा ल्याइसक्ने बताए ।

रेष्टुरेन्ट र होमस्टे चाडै खोल्ने
भट्राईले आफ्नो फर्ममा उत्पादन भएको कालिजलाई आफ्नै रेष्टुरेन्टमा विभिन्न परिकार बनाएर विक्री गर्ने योजना बनाएका छन् । त्यसकालागी उनले फर्मको एकातर्फ रेष्टुरेन्ट र होमस्टेकालागी घर बनाइसकेका छन् । उनको व्यवसायमा उनका दुवै छोराहरुले साथ दिइरहेका छन् । उनका छोरा विवेक भट्टराईले पछिल्लो समय विभिन्न कृषि फर्म खुल्ने र बन्द हुने भइरहेको बताए । त्यस्ता फर्मले अत्याधिक प्रचार गर्ने र सरकारको अनुदान लिएपछि फर्म बन्द गर्ने परिपाटी रहेको बताए । उनले आफ्नो फर्मले प्रचार भन्दा पनि उत्पादनलाई जोड दिएको बताए । उनले भने –‘हामी उत्पादनमा जोड दिइरहेका छौ, हामी चाहान्छौ हाम्रो उत्पादन कम्तिमा यो प्रदेशभरी पु¥याउन सकौं ।’ उनका अनुसार होमस्टे र कालिज रेष्टुरेन्ट खोलेर केराबारीलाई चिनाउने लक्ष्य रहेको छ ।

कालिज किन्नकालागी सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस् ।


धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले

धरानमा २२० केभीको सव स्टेशन बन्ने, उपमेयर भन्नुहुन्छः अब धरानमा विद्युतको समस्या हुँदैन

धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको