धरान । धरानमा २२० केभी क्षमताको विद्युतको सव स्टेशन बनाउनकालागी आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।
आज बसेको मन्त्रीपरिषद्को निर्णयले धरानमा २२० केभी सव स्टेशन निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । मन्त्री परिषद्को निर्णय भएको नेपाल सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना २२० केभी कोशी कोेरिडोर प्रसारण लाइन धरानको वडा नं. २० विष्णुपादुका हुँदै गएको छ । गतवर्ष प्रसारण लाइन विस्तारका क्रममा विवाद आएपछि प्राधिकरणका तत्कालिन निर्देशक कुलमान घिसिङ, मुख्यमन्त्री शेरधन राई सहितको टोली धरान आएका बेला धरान उपमहानगरपालिकाकी तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारीले सब स्टेशन धरानमा बनाउन माग गर्नुभएको थियो । टोली २०७५ पुष २८ गते धरान आएको थियो । टोलीले निरिक्षण गरेर गएपछि कार्यवाहक मेयर भण्डारीले लिखित रुपमा उर्जा मन्त्रालयमा प्रस्ताव पेश गर्नुभएको थियो । विष्णुपादुकामा विवाद भएपछि प्राधिकरणका निर्देशक घिसिंगले विरोध गरेर काम रोक्नुको साटो धरानलाई फाइदा हुने गरि सबस्टेशन बनाउने आश्वासन दिएका थिए । आज उर्जा मन्त्रालयको प्रस्तावमा धरानमा सव स्टेशन निर्माण प्रकृया अघि बढाउने निर्णय भएको हो ।
धरानलाई धेरै फाइदा हुन्छः उपमेयर
धरानमा २२० केभीको सव स्टेशन बनेपछि धरानलाई धेरै फाइदा हुने बताउनु भएको छ । उहाँले भन्नुभयो धरानमा सव स्टेशन बनेपछि धरानमा विद्युतको समस्या हँुदैन । लोडसेडिङ मात्र होइन अहिले भोल्टेज कम हुने समस्या पनि सधैकोलागी अन्त्य हुन्छ ।
विद्युतमा सुगमता हुने वित्तिकै धरानमा उद्योग तथा कलकारखाना खुल्ने क्रम बढ्छ भने धरानमा निर्माण हुने चरणमा रहेको औद्योगिक ग्रामलाई आवश्यक विद्युत पनि नियमित रुपमा प्राप्त गर्न सकिन्छ । रोजगारीको अवसर सृजना समेत हुने भएकोले धरानलाई धेरै फाइदा हुन्छ ।
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर
Copyright © 2021 - Aujarnews.com All rights reserved