पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ ।
पाँचकन्या सामुदायिक वन उपभोक्ता समुहले यसको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार गरिसकेको छ ।
पाँचकन्या सामुदायिक वनको समिपमा करिब ५ विगाहा क्षेत्रफलमा बन्ने पार्कमा चिल्ड्रेन्स पार्क, मिनि चिडिया घर, पिकनिक स्पोर्ट, हरियाली पार्क, स्विमिङ पुल, सेमिनार हल, मनोरञ्जन स्थल लगायतको निर्माण गरिने वनका अध्यक्ष रमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार धरान पर्यटकिय नगर भएको र विशेष गरी पूर्व पाँचकन्या गाविस धरानमा समाहित भएपछि पाँचकन्याको अस्तित्व नै लोप भएका कारण पनि पाँचकन्या पार्कको नामले आफ्नो पहिचान कायम राख्न पार्कको अवधारणा ल्याइएको हो । पार्कको डिपिआर निर्माण भइसकेको बताउँदै वनका उपाध्यक्ष मेघराज खत्रीले आवश्यक बजेटकालागी पहल गर्ने काम भइरहेको बताउनुभयो । पाँच करोड बढीको लगानीमा बन्ने पार्कले पानवारीको मात्र नभइ धरानकै एक उत्कृष्ट गन्तव्य बन्ने खत्रीको भनाइ रहेको छ ।
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर
Copyright © 2021 - Aujarnews.com All rights reserved