‘वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु’

  • प्रकाशित मितिः मंसिर 8, 2077
  • 222 पटक पढिएको
  • औजार संवाददाता

धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड १९) कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप २ जना मृत्यु भएको छ ।

इलाम नगरपालिका १ का २५ वर्षीय युवक र सुनसरीका ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । २५ वर्षीय युवाको आइतबार राति मृत्यु भएको हो भने ६७ वर्षीय पुरुषको सोमबार (आज) बिहान मृत्यु भएको हो ।

मोरङको सुन्दरविराटचोक निवासी ६७ वर्षीय पुरुषको कात्तिक २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई मंसिर १ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो। उनमा मधुमेहको पुरानै समस्या थियो ।

यस्तै २५ वर्षीय युवामा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनमा फोक्सो र घुँडामा समस्या पहिलेदेखि नै थियो ।

योसँगै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा