साहेबगंजकाे अमरसिंह माविमा शिक्षा मन्त्री, विद्यालयकाे प्रगति देखेर दंग

  • प्रकाशित मितिः मंसिर 27, 2077
  • 973 पटक पढिएको
  • औजार संवाददाता

धरान । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पाेखरेल सुनसरी जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेकाे देवानगंज ५ स्थित अमरसिंह मावि साहेवगंजमा पुग्नुभएकाे छ ।

सुनसरीकाे सिमावर्ती क्षेत्रमा रहेकाे अमरसिंह माविकाे अवलाेकन पश्चात मन्त्री पाेखरेलले ग्रामिण क्षेत्रमा रहेकाे विद्यालयमा भएकाे प्रगती देखेर प्रशंसा गर्नुभएकाे छ । विद्यालयमा हाल कक्षा ९ देखि नै भेटनरी क्लिनिक कक्षा सञ्चालन हुन्छ । त्यस्तै विद्यालयमा भएकाे विज्ञान प्रयाेगशाला, कम्प्युटर ल्याब, स्मार्ट कक्षा, पशुपालन बिषयमा भइरहेकाे नियमित कक्षाकाे अवलाेकन पश्चात संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री पाेखरेलले खुशी व्यक्त गर्नुभयाे । विद्यालय काेराेनाकाे जाेखिमका बिचमा स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाएर अध्यापन भइरहेकाे विद्यालयका प्रधानाध्यापक इन्द्रदेव गुप्ताले जानकारी दिनुभयाे ।  सुनसरीको दुर्गम तथा भारतीय सिमा क्षेत्र नजिक रहेर पनि शिक्षामा देखिएकाे गुणस्तर र प्रविधिमैत्री शिक्षा सञ्चालन गरेकाेमा मन्त्री पाेखरेलले विद्यालयलाइ बधाइ समेत दिनुभयाे ।

sssssssssssssssss


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा