'पार्टी भित्रैबाट सरकार ढाल्ने खेल हुँदा सरकारलाई काम गर्न बाधा' (भिडियाे)

  • प्रकाशित मितिः पुष 4, 2077
  • 462 पटक पढिएको
  • औजार संवाददाता

नेकपा भित्रको विवाद र सरकारका कामकारवाहीका विषयमा नेकपाका केन्द्रीय सदस्य तथा एक नं. प्रदेश अध्यक्ष देवराज घिमिरेसँग गरिएको कुराकानी

नेकपा भित्रको यो विवाद के का लागी ?
अहिले विवादले गर्दा पार्टी अफ्टेरो स्थितिमा पुगिरहेको छ । वर्तमान नेतृत्वलाई, असक्षम, अयोग्य, अनुचित भनेर फाल्न खोजीदैछ । नेतृत्वलाई हटाउनकालागी गरिएको तानाबाना हो । तर नेतृत्वलाई हटाउनुपर्ने कुनै कारण म देखिरहेको छैन । वर्तमान पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकारमा बसेर जुन काम गरिरहनुभएको छ, त्यस काम लोकप्रिय भयो, फेरी पो पदमा बस्ने हो की भन्ने डरले गर्दा उहाँमाथी गुटबन्दी भएको हो ।

नेपाली जनताले दुई तिहाइ मत दिएर नेकपालाई सत्तामा पु¥याए तर त्यो म्याण्डेड अनुसार किन काम भएन ?
पूर्व एमालेमा रहेर १६ वर्ष पार्टीको नेतृत्व गर्नुभएको माधव कुमार नेपाल र पूर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी भित्र गरिरहेको गतिविधि र सरकारलाई काम गर्न बाधा पु¥याएका कारण प्रधानमन्त्रीले काम गर्न सकिरहनुभएको छैन । उहाँहरुले सरकारलाई एकरति सहयोग गर्नुभएको देखिदैन । सहयोग नगरे पनि सरकारलाई काम गर्न बाधा नगरिदिए जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्री तथा सरकारलाई कुनै गाह्रो पर्दैन ।

तर प्रधानमन्त्रीको कार्यशैली बेठिक भयो, एकलौटी निर्णय गर्नुहुन्छ भन्ने आरोप छ नि त ?
होला । कार्यशैली बेठिक भए होला, काम गर्ने तरिका पुगेन होला । कामको परिणाम राम्रो आएन होला, त्यसलाई छलफल गर्न सकिन्छ । तर कार्यशैली फरक भयो भनेर यसलाई फाल्नुपर्छ भनेर जुन कुराहरु आइरहेको त्यो कति यथार्थ संगत छ ? त्यो कतिको जरुरी छ ? यो सबै भ्रमको खेती हो । गएको भदौ २६ गते भएको स्थायी कमिटि बैठकबाट अन्तरपाटी निर्देशनमा भनिएको अनुसार पुराना अन्तर विरोध सकिएको, ति पुराना असहमतीका कुराहरु बिर्सिएर एकता र सौहार्द वातावरणका साथ अघि जाने भन्ने निर्णय छ । पार्टीको नेतृत्व कार्यकारी अध्यक्ष प्रचण्डले गर्ने र सकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने भन्ने छ । तर आफु पार्टी चलाउन नसक्ने अनि जहिले सरकारको खुट्टा तान्ने मात्र काम गर्ने ? सरकारलाई रति पनि सहयोग नगर्ने अनि एकलौटी ग¥यो भनेर हुन्छ र ?

जनताले कत्रो भरोसा गरेका थिए नेकपालाई, तर नेकपाले जनअपेक्षा अनुसार सरकार चलाउन सकेन भनेर जनतामा एक प्रकारको निराशा छ नि ?
तपाई जस्तै म मा पनि चिन्ता छ । मैले नबुझेको कुरा के छ भने चुनावबाट सरकार चलाउने म्याण्डेड पाएपछि सरकारलाई सफल बनाउन पार्टीका नेता मात्र होइन सबै कार्यकर्ता लाग्नुपथ्र्याे । त्यसो हुन सकेन । किन हो किन नेकपाका शिर्षस्थ नेताहरु किन सरकारलाई असफल बनाउन लाग्नु भयो बुझ्न सकिएन । आफ्नो भन्दा जनताको स्वार्थलाई अग्रभागमा राख्दा यो समस्या आउदैन । अब केपी ओलीको स्वभाव मन परेन, केपी ओलीको आवाज मन परेन, लवज मन परेन भन्ने कुराहरुको के मतलब छ र ? सरकारलाई कहाँ साथ छ त पार्टीको ? आज दुनियालाई हसाँउदै राष्ट्रब्यापी रुपमा जुन कार्यक्रम हुँदैछ नि यसैले सरकारलाई पूर्ण असहयोग गरेको सिद्ध गर्दैछ ।

सबैधानिक परिषद सबन्धी अध्यादेश ल्याएर फेरी सरकार विवादमा परेको छ, यसले प्रधानमन्त्रीले एकलौटी सरकार चलाएको भन्ने सूचक होइन ?
अध्यादेशलाई फिर्ता लिने भनिसक्नुभएको छ प्रधानमन्त्रीले । फेरी त्यहा भित्र के सहमती भयो, फेरी कसले भत्कायो । सरकारले काम गर्न खोज्छ, पाटीका केही नेताले त्यसलाई बिफल नै पार्नुपर्छ भनेर लाग्नुहुन्छ । अनि कसरी हुन्छ त ?

पार्टी आजै फुट्छ भोली नै फुट्छ भन्ने स्थितिमा पुगेको छ, तपाईहरुजस्ता नेतालाई कतिको निराश बनाएको छ ?
मैले नेता नेतृत्वलाई जति विश्वास गरेको थिए त्यसमा प्रश्नचिन्ह उठेको छ । नेताहरु कतिसम्म व्यक्तिगत स्वार्थमा लाग्छन् भन्ने म भर्खर बुझ्दैछु । तर म त कति पनि निराश छैन । पार्टी फुट्छ भन्ने मलाई लागेकै छैन ।

 

 


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा