धरान । यही पुष २३ र २४ गते धरानमा संजीवनी उपचार तथा पुर्नस्थापना केन्द्रले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । केन्द्रले आइतबार धरानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता लागु औषध दुव्र्यसनीहरुको उपचार र पुर्नस्थापनामा सहयोग पु¥याउन आयोजना गर्ने भएको केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताएका छन् । ताम्राकारका अनुसार प्रतियोगिता धरान १०, धर्मपथस्थित धरान फुटसलमा हुनेछ । विजेताले ५१ हजार पुरस्कार पाउनेछ भने उपविजेताले ३१ हजार पाउनेछ । व्यक्तिगततर्फ बेष्ट प्लेयर, बेष्ट गोलकिपर र म्यान अफ दि म्याचको पनि पुरस्कार दिइने ताम्राकारले जानकारी दिए ।प्रतियोगिताका संयोजक अनिल सुनामका अनुसार धरान, विराटनगर, झापा, काठमाण्डौंबाट पनि टिम सहभागी हुनेछ । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताबाट आएको आम्दानीद्धारा सामाजिक कार्यमा लगानी गरिने जनाइएको छ । प्रतियोगिताको प्रचार प्रसारको सोमबार फोटो पत्रकार महासंघ सुनसरी र आयोजक टिमबीच मैत्रीपुर्ण खेल पनि आयोजना हुने जनाइएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
Copyright © 2021 - Aujarnews.com All rights reserved