धरान । पछिल्लो समय युवापुस्तामाँझ लोकप्रिय बनेका गायक सर्जुन राईको स्वरमा सजिएको ‘दैलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जसमा सर्जुनलाई सानु तामाङले साथ दिएका छन । यस गीतको शब्द तथा संगीत बिश्वराज राईको रहेको छ भने मास्टर मिक्सिङ रोमन बज्राचार्यको रहेको छ । लोकपप शैलिको यस गीतको भिडियोमा नग्मा श्रेष्ठ, रुपेश राई र सीता राईको अभिनय रहेको छ ।
खोटाङको रमणिय स्थानहरु रुपाकोट, बुइपा, लेक्पा, मुढे, नुनथला, अर्खौले, जयरामघाट लगायत स्थानमा खिचिएको भिडियोको निर्देशन तथा छायांकन अनिल के मानन्धरले गरेको हो । लोकपप शैलिको यस गीतले बिहे गरेर लाहुर गएको आफ्नो प्रेमिले प्रेमिकालाई कतिसम्म माया गर्छन् र कतिसम्म कुर्छन् भन्ने बिषयलाई प्रस्तुत गरिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
Copyright © 2021 - Aujarnews.com All rights reserved