धरान । धरान र धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत जुनीभरिलाईको म्युजिक भिडियो आज धरान १० स्थित होटल द रेबेल लन्जमा आयोजित कार्याक्रममा सार्वजनिक गरिएको छ ।
धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरुको आयोजना भैरहदा कलाकारहरुको हौशला बढ्ने बताए।
कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिंग, गीतकार तथा ब्लास्ट टाइम्सका सम्पादक गोपाल दाहाल , संगीत संयोजक निर्मल मगर। मिस पुर्वान्चल फर्स्ट रनर अप इक्सा मादेनको आतिथ्य रहेको थियो।
रेडमुन ईन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतको रचना रोशन प्रधान र संगीत निकेन राई र संगीत संयोजन सम समीरको रहेको छ भने सो म्युजिक भिडियोमा कलाकारहरु कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।
प्रेमिकाले प्रेमीलाई गर्नै माया र भावनात्मक कुराहरुलाईदेखाईएको भिडियोको निर्दैशक प्रकाश लिम्बु, छायांकन र सम्पादन एडम लिम्बु ,पोस्ट प्रोडक्सन ड्रिम हाई स्टुडियो ,धरानमा गरिएको छ भने कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।
सो म्युजिक भिडियो रेडमुन ईन्टरटेन्टमेन्टको युटयुव च्यानबाट पनि हेर्न सकिने गीतकार तथा निर्माता रोशन प्रधानले जानकरी दिएका छन ।
कार्यक्रमको अन्त्यमा आज जन्मदिन रहेको कार्यक्रमका बिशेष अतिथि तथा गायक डिल्ली फोम्बोको जन्मदिनको सरप्राइज केक समेत काटिएको थियो।
गायक फोम्बोले यस्तो शुभ कार्यले हामी कलाकारहरुको हौशला बढ्नमा मद्दत पुग्ने बताउंदै सार्वजनिक रुपमा जन्मदिन मनाइदेकोमा आयोजकलाई धन्यबाद दिए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
Copyright © 2021 - Aujarnews.com All rights reserved