विराटनगर । प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा १, झापाको गौरादह र कनकाईमा १–१, भोजपुरको स्थानीय तह नखुलेको १, उदयपुरको त्रियुगामा १, संखुवासभाको सभापोखरीमा १, ते¥हथुमको स्थानीय तह नखुलेको १ र इलामको माई नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ९९६ पुगेको छ ।
प्रदेश १ मा आज ३५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०, मेची अस्पतालमा २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजमा १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार २४७ पुगेको छ ।
प्रदेश १ मा आज ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
Copyright © 2021 - Aujarnews.com All rights reserved