आज पनि सुनको भाउ घट्यो, हेर्नुहोस् आजको सुनको मूल्य ?

  • प्रकाशित मितिः पुष 27, 2077
  • 153 पटक पढिएको
  • औजार संवाददाता

नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रबारको तुलनामा हिजो एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर हिजो सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको हो ।


प्रदेश सरकारः ‘कांग्रेसले नीतिगत निर्णय लिएर अघि बढ्ने’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरत

१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा