धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाले हिजाे कल्याण कोषलाई बृद्धी गर्न र संचालन गर्नका लागी तयार गरिएको बिनियमको वारेमा अन्र्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
आपत विपत तथा जोखिममा परेका धनकुटाका पत्रकारहरुलाई सहयागे गर्नका लागी स्थापना गरिएको पत्रकार कल्याण कोष धनकुटालाई अझ बृद्धी गरी व्यवस्थित ढंगले संचालन गर्नका लागी बिनियम तयार गरी छलफल गरिएको हो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त अन्र्तक्रिया तथा छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियन का केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष नगेन्द्र राई,सचिव विदुर खवास,सहसचिव द्धय बलराम दाहाल, हरी वहादुर लम्जेल, कोषाध्यक्ष नारायण कुमार राई, केन्द्रि पार्षद रमेश चन्द्र अधिकारी, बिनोद घिमिरे, सोभिष चेम्जोग, प्रदेश पार्षद सन्तवरी लामा,कार्यकारी सदस्यहरु विकास घिमिरे, पूर्ण चौधरी, अजय सन्तोषी राई , पत्रकार इश्वर थापा, सुमना तिम्सिना लगायतले कल्याण कोषलाई व्यवस्थित र प्रभाकारी रुपमा संचालन गर्दै जानु पर्नेमा जोड दिनु भएको थियो ।
नेपाल पत्रकार महासंघ धनकुटाका तत्काालिन अध्यक्ष विजय सन्तेषी राईको पालामा २०६४ सालमा पत्रकार कल्याण कोष धनकुटाको स्थापना गरी शुरुवाल गरी परिचालन गर्दै आईरहेकोमा यस बर्ष देखी बिनियमनै बनाएर अझ व्यस्थित ढंगबाट संचालन गर्न लागिएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले वताउनु भयो ।
विजय राई धनकुटा
सर्वोच्च अदालतको आदेशले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर था
धरान । खानेपानी समस्याका कारण स्थगित भएके धरान उपमहानगरपिलकाको आठौ नगर सभा आजदेखि पुनः सुरु भएको छ ।खाने
सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वा
Copyright © 2021 - Aujarnews.com All rights reserved