‘बार्सिलोनाकाे क्यारियरमा मेसीको पहिलो रातो कार्ड’

  • प्रकाशित मितिः माघ 5, 2077
  • 202 पटक पढिएको
  • औजार संवाददाता

स्पेनिस सुपरकोपाको फाइनल खेलमा लियोनेल मेसीले बार्सिलोनाको आफ्नो क्यारियरमा पहिलो पटक रातो कार्ड पाएका छन् । मेसीले गएराती सम्पन्न स्पेनिस सुपरकोपाको फाइनल खेलमा एथलेटिक बिल्बाओविरुद्धको खेलको अन्तिम तिर रातो कार्ड पाएका हुन् ।

अतिरिक्त समयमा गएको खेलको १२१ औ मिनेटमा मेसीले बिल्बाओका खेलाडीलाई धक्का दिएर लडाएपछि रेफ्रीले रातो कार्ड दिएका थिए । रातो कार्ड दिनुअघि रेफ्रीले भार (भिडियो असिस्टेन्ट रेफ्री) को सहयोग लिएका थिए ।

बार्सिलोनाका लागि ७५३औ खेलमा मेसीले पहिलो रातो कार्ड पाएकाले यस को चर्चा अहिले चलिरहेको छ । यो खेल बार्सिलोनाले ३(२ गोल अन्तरले गुमाएको थियो ।

अब स्पेनिस फुटबल फेडेरेसनले यस घटनाको अध्ययनपछि उनलाई कति खेलमा प्रतिबन्ध हुन्छ भन्ने टुंगो लाग्ने छ । मेसीलाई चार खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।


सर्वोच्चको आदेश पस्चात अब कसको हालत के हुन्छ, यस्ता छन् सरकार बनाउने चार विकल्प

सर्वोच्च अदालतको आदेशले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर था

खानेपानी समस्याले राेकिएकाे धरान नगरसभामा पुनः अर्काे विवाद, सुकुम्बासी समस्या के हाेला ?

धरान । खानेपानी समस्याका कारण स्थगित भएके धरान उपमहानगरपिलकाको आठौ नगर सभा आजदेखि पुनः सुरु भएको छ ।खाने

‘सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति’

सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वा