१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

  • प्रकाशित मितिः माघ 5, 2077
  • 224 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएकी सांसद जयमाया गजमेरले प्रस्ताव फिर्ता लिनुभएको छ ।

गजमेर सहित सांसदहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले समेत प्रस्ताव फिर्ता लिएका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिन् । उनलाई नेकपा ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो ।

राजीनामा अघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ओली समूहले बनाएको केन्द्रीय सदस्यमा नबस्ने बताइन् । तर राजीनामा दिएको २२ दिनपछि उनी पुनः ओली समूहमा फर्किएकी छन् । उनीसँगै ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली पनि ओली समूहमा फर्किएका छन् । मुख्यमन्त्री राई विरुद्ध ३७ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये पाँचजनाले फिर्ता लिएका छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन् ।


सर्वोच्चको आदेश पस्चात अब कसको हालत के हुन्छ, यस्ता छन् सरकार बनाउने चार विकल्प

सर्वोच्च अदालतको आदेशले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर था

खानेपानी समस्याले राेकिएकाे धरान नगरसभामा पुनः अर्काे विवाद, सुकुम्बासी समस्या के हाेला ?

धरान । खानेपानी समस्याका कारण स्थगित भएके धरान उपमहानगरपिलकाको आठौ नगर सभा आजदेखि पुनः सुरु भएको छ ।खाने

‘सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति’

सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वा