फुटपाथमा सुतिरहेका २० जना माथि ट्रक गुड्दा, १२ जनाको घट'नास्थ'लमै मृ'त्यु थप १ काे उपचारका क्रममा मृ'त्यु

  • प्रकाशित मितिः माघ 6, 2077
  • 541 पटक पढिएको
  • औजार संवाददाता

भारतको गुजरातस्थित सुरतमा भयानक दुर्घटनामा १३ जनाको ज्यान गएको छ ।

कोसाम्बामा ट्रकले किचेर १३ जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढमा बस्ने मजदुरहरुको ट्रकले किचेर ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ । दुर्घटना गए राति किम–मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो ।

फुटपाथमा सुतिरहेका २० जना माथि ट्रक गुडेको जनाइएको छ । १२ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य सात जना गम्भीर घाइतेको उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ ।


सर्वोच्चको आदेश पस्चात अब कसको हालत के हुन्छ, यस्ता छन् सरकार बनाउने चार विकल्प

सर्वोच्च अदालतको आदेशले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर था

खानेपानी समस्याले राेकिएकाे धरान नगरसभामा पुनः अर्काे विवाद, सुकुम्बासी समस्या के हाेला ?

धरान । खानेपानी समस्याका कारण स्थगित भएके धरान उपमहानगरपिलकाको आठौ नगर सभा आजदेखि पुनः सुरु भएको छ ।खाने

‘सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति’

सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वा