अग्रज पत्रकार आचार्यको नाममा सृर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना

  • प्रकाशित मितिः माघ 8, 2077
  • 151 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानका अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सृजनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समिति र नेपाल प्रेस यूनियन धरान उपहानगर समितिले बुधबार धरान १२ स्थित गिता मन्दिरको भवनमा एक कार्यक्रमको आयोजना गरि अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सृजनशील पत्रकारिता पुरस्कार कोष स्थापना भएको घोषणा गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले एक लाख ५० हजार रुपैयाको चेक युनियन धरानका अध्यक्ष मात्रिका प्रसाद नेपाल, कोषाध्यक्ष बसन्त राई र युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

२०३४ सालमा तत्कालिन नेपाल पत्रकार संघ सुनसरीको जिल्ला शाखा गठन भएको थियो । उक्त संघको पहिलो जिल्ला सभापति धरानका अग्रज पत्रकार गिरिराज आचार्य बनेका थिए । पत्रकार संघ नै पछि नेपाल पत्रकार महासंघ बनेको हो । आचार्यकै पहलमा श्रमजीवी पत्रकारहरुको पहिलो संगठन प्रेस युनियनको जिल्ला शाखा पनि गठन भएको थियो । उनले २०२८ सालदेखि नै राजनीति र पत्रकारिता शुरु गरेका थिए । पत्रकार आचार्य आफैले दर्ता गरेर सम्पादन, प्रकाशनमा रहेको पूर्व टाइम्स साप्ताहिक पत्रिका २०४० सालदेखि हालसम्म निरन्तर प्रकाशन भइरहेको छ । धरान र पुर्वमा पत्रकारिताको जग बसाल्न उनको ठूलो भूमिका छ ।

नेपाली कांग्रेस धरानका सभापतिसमेत रहेका मेयर तिलक राईले उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न नगर समिति समक्ष राख्नु भएको प्रस्तावलाई नेपाली कांग्रेस धरान उपमहानगर समितिले सर्व सम्मत रुपमा पारित गरेको हो । मेयर राईले आफ्नो तलब, भत्तालगायत सेवा सुविधा नलिने घोषणा गरे अनुसार प्राप्त हुने रकमबाट एक लाख ५० हजार रुपैयाँको पुरस्कार कोष स्थापना गरिदिएको हो । कार्यक्रममा मेयर राईले धरान पत्रकारिताको अग्रणी एवं उर्बर क्षेत्र रहेको बताउँदै गिरिराज आचार्यले पत्रकारिता एवं राजनीतिक आन्दोलनको क्रममा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार कोष स्थापना गरिएको बताए । नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारितामा अमूल्य योगदान पुर्याएका अग्रज पत्रकार आचार्यको नाम पत्रकारिता पुरस्कार कोष स्थापना गर्न लागिएको भन्दै मेयर राईले खुशी व्यक्त गरे । जिम्मेवार, जनतामुखी सञ्चारकर्मी, पत्रकारलाई पुरस्कृत गर्न नेपाली कांग्रेसले स्थापना गरेको पुरस्कार कोष धरानको ईतिहासमा यो नै पहिलो हो । उक्त ऐतिहासिक कदमलाई अघि बढाउने जिम्मेवारी नेपाली कांग्रेस धरानले प्रेस यूनियन धरानलाई जिम्मेवारी दिएको छ । यूनियन धरानका अनुसार पुरस्कार कोषको उद्देश्य अनुसार निष्पक्ष रुपमा मूल्यांकन गरी प्रत्येक वर्ष एक जना पत्रकारलाई १५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिने छ ।

नेपालको लोकतन्त्र, जनताका अधिकारलाई बलियो बनाउन, जनजीविकाका सवाल, जनताका आधारभूत आवश्यकतामा ध्यानाकर्षण, स्थानिय विकास र निर्माणका लागि बन्ने नीति निर्माणमा स्थानीयबासीको सहभागिता, भ्रष्टाचार, विकृति, विसंगति विरुद्ध जनमत तयार गर्न र नगर तथा नगरबासीको समृद्धिका लागि सुनसरी जिल्ला धरानका सञ्चार तथा पत्रकारिता क्षेत्रमा संलग्न सृजनशील युवा पुस्ताको भूमिकालाई उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गर्न अग्रज पत्रकार गिरिराज आचार्यको नाममा अक्षयकोष स्थापना गरिएको हो ।

कार्यक्रममा विघटित प्रतिनिधिसभाकी संसद एवं नेतृ मिना सुब्बा, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, पूर्व प्रदेश प्रमुख गोविन्द शुब्बा, प्रेस यूनियन सुनसरीका अध्यक्ष पवन अधिकारी लगायत वक्ताहरुले कांग्रेस धरानका सभापतिसमेत रहेका मेयर राईलाई धन्यवाद व्यक्त गरे ।


सर्वोच्चको आदेश पस्चात अब कसको हालत के हुन्छ, यस्ता छन् सरकार बनाउने चार विकल्प

सर्वोच्च अदालतको आदेशले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर था

खानेपानी समस्याले राेकिएकाे धरान नगरसभामा पुनः अर्काे विवाद, सुकुम्बासी समस्या के हाेला ?

धरान । खानेपानी समस्याका कारण स्थगित भएके धरान उपमहानगरपिलकाको आठौ नगर सभा आजदेखि पुनः सुरु भएको छ ।खाने

‘सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति’

सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वा