धरान । राष्ट्रिय युवा संघ धरानले शुक्रबार आर्थिक अवस्था कमजोर भई विरामी भएर घरैमा थलिएकी एक महिलाको लागि उपचार खर्च सहित खाद्यान्न सामाग्री प्रदान गरेको छ । धरान –५ आपटारमा विरामी भई आफन्तको शरण लिएर वसेकी भीम कुमारी राईलाई संघले नगद र खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
नेकपाका केन्द्रिय सदस्य द्धय मोतीराज सुनुवार र विजयी राईको प्रमुख उपस्थितीमा उनलाई सहयोग प्रदान गरिएको थियो ।नगर संंयोजक भवानी दाहाल लगायतको संघका नेतृत्वमा युवाहरु माझबाट संकलित रकम जम्मा २३ हजार ४ सय २० रुपैंयाँ सहयोग गरिएको थियो । साथै खाद्य सामाग्री पनि प्रदान गरिएको थियो ।
संखुवासभा घर भएकी भीम कुमारी राईको देव्रे खुट्टाको पैतलामा घाउ भई थलिएकी छिन् । आफन्तको घरमा वसेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएतापनि निको हुन सकेको छैन ।
उनका अनुसार सानै उमेर ९ महिनाको हुँदा आगोले खुट्टामा पोलेको थियो । २ वर्ष अघिदेखि राईको पैतालाको घाउ कुहिन थालेको छ । सहयोग रकम हस्तान्तर कार्यक्रममा युवा संघ र पाटी मार्फत विरार्मीको उपचारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता नेकपा केन्द्रिय सदस्य मोतीराज सुनुवारले वताए ।
राष्ट्रिय युवा संघ धरान नगरका संयाेजक भवानी दाहालले अस्पतालमा उपचार गर्न र आर्थिक सहयोग जुटाउनको लागि आगामी दिनमा समेत सहयोग गर्ने वताएका छन् ।
सर्वोच्च अदालतको आदेशले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर था
धरान । खानेपानी समस्याका कारण स्थगित भएके धरान उपमहानगरपिलकाको आठौ नगर सभा आजदेखि पुनः सुरु भएको छ ।खाने
सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वा
Copyright © 2021 - Aujarnews.com All rights reserved