‘रुसमा नेता नाभाल्नीको रिहाइ माग गर्दै प्रदर्शन गर्ने ३ हजार बढी पक्राउ’

  • प्रकाशित मितिः माघ 11, 2077
  • 315 पटक पढिएको
  • औजार संवाददाता

रुसका विपक्षी नेता क्रेम्लिन एलेक्सी नाभाल्नीको रिहाइ माग गर्दै प्रदर्शन गर्ने ३ हजार बढी पक्राउ परेका छन् । देशभरबाट ३ हजार ६० जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारअनुसार राजधानी मस्कोमा १ हजार ९९ जना तथा सेन्ट पिटर्सबर्गमा ३८६ जना प्रदर्शनकारी पक्राउ परेका हुन् । देशभरका ११० सहरमा प्रदर्शन तथा र्‍याली भएका थिए ।

नाभाल्नीले आफ्ना समर्थकलाई शनिबार प्रदर्शनका लागि आह्वान गरेका थिए । नर्भ एजेन्ट विष उनको शरीरमा पाइएपछि गत साता मात्र उनी पहिलोपटक जर्मनीबाट रुस फर्किएका थिए । उनी रुस पुग्नेबित्तिकै पक्राउ परेका थिए ।

अधिकारीहरूले भने कोरोना भाइरस संक्रमण फैलिने भन्दै कुनै किसिमको प्रदर्शनमा भाग नलिन सबैलाई आग्रह गरेको छन् । यदि अवज्ञा गरे जेलसमेत लगाइने उनीहरूले चेतावनी दिएका छन् । एजेन्सी


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा