एम्स क्रिएटिव र फ्यान क्लब सामाजिक क्षेत्रमा सक्रिय बन्दै

  • प्रकाशित मितिः फाल्गुन 18, 2077
  • 324 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान १२ स्थित एम्स एकेडेमीमा रहेको एम्स क्रिएटिव र फ्यान क्लब ग्रुपको बर्ष २०७७ र ७८ का लागि नयाँ समितिको पदस्थापन सोमबार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

कार्यक्रममा एम्स कृएटिभ र फ्यान क्लबमा विद्यार्थीहरु श्रिजनशिल बनाउनका लागि, अझ सक्रिय र सामाजिक क्षेत्रमा उत्तरदायित्व बनाउन विगत ४ बर्ष देखि समुहको स्थापना भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङ ले बताए । धरानमा अत्याधिक ड्रक्स, गाजागोट्टि चरेस जस्ता विभिन्न प्रकारका लागु अौषधको बेचविखन बढि भएपछि यस्ता प्रकारका क्रियाकलापलाइ रोक्न विद्यार्थीहरुबाटै केहि हुन्छ भनेर नेपाल प्रहरिको समन्वयमा फ्यान क्लवको स्थापना भएको बताए ।

कलेजका प्रिन्सिपल मित्र तामाङ , व्यवस्थापन समुहका कोर्डिनेटर दुर्गा सुवेदिले अविर र खदाले सम्मान गरेका थिए ।

एम्स कृएटिभ ग्रुपले र फ्यान क्लबले हरेक बर्ष कलेज भित्र र बाहिर विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । एम्स कृएटिभ ग्रुपमा ३१ जनासचिवालय गठन भएको छ भने फ्यान क्लबमा ११ जनाको सचिवालय गठन भएको छ समितिको अध्यक्षमा निशान राइ , प्रथम उपाध्यक्ष जानुका अधिकारि द्वितीय उपाध्यक्ष योगेन्द्र राजधामि , सचिव विजय कालिकोटे, सहसचिव विनिता तामाङ , कोषाध्यक्ष सदिक्षा वि।क ,अभिषेक खान सहकोषाध्यक्ष सहित २३ जनाको सचिवालय सदस्यको कमिटि गठन भएको छ भने फ्यान क्लब तर्फ संयोजक स्मृति भट्टराई , सदस्य सचिव अनु लिम्बू, कोषाध्यक्ष अलोनि थापा मगर भएका छन भने ८ जना सचिवालय सदस्य रहेका छन् ।


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा