देशिलाईनमा ब्याबसायी समिती गठन

  • प्रकाशित मितिः फाल्गुन 18, 2077
  • 314 पटक पढिएको
  • औजार संवाददाता

धरान ।  धरान उपमहानगरपालिकाको मुख्य बजार मध्येको देशिलाईनमा रहेका ब्यापारीहरुको सामुहिक समिति गठन भएको छ।

सोमबार सम्पन्न भएको बृहत भेलाले गंगाराम राईको अध्यक्षतामा ११ सदस्यीय देशिलाईन ब्याबसायी समिति नामक संस्था गठन गरेको छ।

टेकेन्द्र श्रेष्ठ बिनोद तामाङको संयोजकत्व र टोल्क बिकास संस्था देशिलाईनका अध्यक्ष सुधीर लिम्बुको प्रमुख आतिथ्यमा भएको सो भेलाले नयाँ तदर्थ समित गठन गरेको हो।तदर्थ समितिमा उपाध्यक्षमा पदम श्रेष्ठ, सचीव टेकेन्द्र श्रेष्ठले,सहसचिव बिनोद तामाङ कोषाध्यक्ष मिना गुरुङ,सदस्यहरुमा छुनु तामाङ, कविता योङ्हाङ,सन्तोष राई,युबराज दाहाल,चन्दन साह रहेका छ्न।

ब्यापारी ब्याबसायिको हक हित अधिकार तथा देशिलाईन बजार ब्याबस्थापन सुधार तथा ब्यापारी आपसी मेलमिलाप समेतको उद्देस्य राखी ब्याबसायी समिति गठन गरिएको कुरा नब गठित समितिका अध्यक्ष गंगाराम राईले बताए।

देशिलाईनमा विभिन्न ब्यापारी ब्याबसायी करिब दुई सय जनाको संख्यामा रहेका छन।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्