नारी दिवसमा सामाजिक काम

  • प्रकाशित मितिः फाल्गुन 22, 2077
  • 358 पटक पढिएको
  • औजार संवाददाता

धरान । श्याम चौक महिला समूह धरान–१५ ले १११ औं नारी दिवसको अवरसरमा रक्तदान कार्यक्रमसहित वडाको संयोजनमा भएको सिपमुलक तालिमको समापन कार्यक्रम एकसाथ आयोजना गरेको छ । समूहका अध्यक्ष विष्णुमाया राईको अध्यक्षतामा भएको सो कार्यक्रममा नब्बे पिन्ट रगत जम्मा भएको थियो भने सिपमुलक तालिम अन्तर्गत धागोको पूmल बनाउने तालिममा सहभागी सत्ताईस जनालाई प्रमाण पत्र दिइएको थियो ।

वडाध्यक्ष नरेश इवारमको प्रमुख अतिथिमा भएको कार्यक्रममा उमेश थापा, रमेश बस्नेत, जानुका कार्कीलगायतले आप्mनो विचार राख्नु भएको थियो ।

कोपिला श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा मोरङ–सुनसरी सेवा समाजका अध्यक्ष लोकबहादुर तामाङले पनि बोल्नु भएको थियो । सिपमुलक कार्यक्रमको बारेमा बोल्दै जानुका कार्कीले सिकेको सिपलाई व्यवहारमा उतार्न सके आय आर्जनमा सहयोग पुग्ने बताउनु भयो ।

सो कार्यक्रममा नेपालको पहिलो एम्बुलेन्स चालक लिला बस्ताकोटीलाई सम्मान गरिएको थियो ।

157418969_861792661033487_8791216815076135573_n


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्