सयपत्री क्लबको अगुवाईमा खानेपानीको मुहान सफाइ

  • प्रकाशित मितिः फाल्गुन 29, 2077
  • 608 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–६ स्थित सयपत्री बोइज युनियन क्लबको अगुवाईमा खानेपानीको मुहान सफाइ अभियान चलिरहेको छ ।
धरानको वडा नं. ६ का बासिन्दाको खानेपानीको मुहानको रुपमा रहेको सेहरा खोलामा अत्याधिक फोहोर भएको कारण मुहान सफाइ अभियान सुरु गरिएको क्लबका अध्यक्ष एसपजंग रुम्दालीले बताउनुभयो । उहाँका अनुसार खोलामा नुहाइ धुवाई गर्न आउनेदेखि रमाइलो गर्न, पिकनिक मनाउन आउनुहरुले अत्याधिक फोहोर गरेका छन् । अघिल्लो शनिबारदेखि सुरु भएको अभियान मुहान सफाइ सम्पन्न नहुँजेल प्रत्येक शनिबार सफाइ गरिने समेत अध्यक्ष रुम्दालीले जानकारी दिनुभयो ।
क्लबले अघिल्लो शनिबार सेहरा खोलाको झोलुङ्गे पुलदेखि खनाले कुलोको मुहानसम्म सफाइ गरेको थियो । अघिल्लो शनिबार मुहान सफाइ गरी २० बोरा भन्दा बढी कोल्ड ड्रिङ्स र बियरका बोतलहरु, प्लाटिक र कपडाहरु भेला गरिएको थियो । त्यस्तै आज शनिबार सयपत्री बोइज युनियन क्लब, खानेपानी समिति तथा वडा कार्यालयको संयुक्त अभियानमा सेहरा खोला सफाइ गर्दै माथिल्लो झोलुङ्गे पुलसम्म पुगेका छन् । अहिले पानवारी खानेपानी समितिले तल्लो झोलुङ्गे पुलदेखि नै खानेपानी पम्प गरेर तानि रहेको छ ।
खानेपानीको मुहान वरिपरि धरान आसपासका स्थानीयले पिकनिक खाएर बढी फोहोर गरेको साथै लुगा धुने र नुहाउनेहरुले पानी फोहोर गरेको वडाध्यक्ष भुवनसिं बस्नेतले जानकारी दिनुभयो । उहाँले पानवारी, सतिसाले, खैरेनी, देउराली, डिंगाबारी लगायतका क्षेत्रका बासिन्दाले सेहरा खोलाको पानी खाने भएकोले खोलामा आएर पिकनिक नखाइदिन अनुरोध गर्नुभयो ।
सफाइ अभियानका साथै खोलाको छेउछाउमा होडिङ बोर्ड राखेर सूचना जारी गर्नुपर्ने अवस्था आएको समेत वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

image_72192707 image_6483441 158220615_473422517353547_397530066983746888_o 158370292_473422587353540_4344454968386053022_o 157815878_473423244020141_5956006316026877606_o


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्