धरानमा जावाको पेराक मोटरसाइकल लन्च

  • प्रकाशित मितिः चैत्र 6, 2077
  • 787 पटक पढिएको
  • औजार संवाददाता

धरान । जावा पेराक मोटरसाइकल नेपालमा लन्च गरिएको छ । देश भरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्स पनि शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्स को धरान ८ स्थित ट्राफिक कार्यलय नजिक रहेको सो रुममा अटो मोबाइल्सका निर्देशक कुमार श्रेष्ठ र प्रभु बैक धरान शाखा का प्रमुख नविन राईले जावाको पेराक लन्चगरेका थिए । ३ सय ३४ सिसिको जावा को पेराक मोटरसाइकलको मुल्य ७ लाख ५० हजार पर्ने सो रुममा निर्देशक श्रेष्ठले वताए । उनले मोटरसाइकल खरिद गर्दा फाइनान्सको सुविधा समेत रहेको जानकारी दिए । मोटरसाइलक बिक्रि सुरु गरेको भए पनि सो रुमको औपचारीक उद्घाटन भने बैसाखका गरिने जानकारी दिए ।

जावा पेराक एक बबर स्टाइल बाइक हो । यो भन्दा पहिले जावा र जावा फोर्टी टु बाइक लन्च भइसकेका छन् । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । जावा पेराक एक बबर र कस्टम स्टाइल बाइक हो ।

162422041_916247145809564_3928895969474277332_n 162528647_897561414363151_676460866300499083_n 162261357_1172278709893523_7700893139992320540_n 162476157_269158768165776_6709165965077608889_n


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्