४ दिने ब्याबसायिक नर्सरी तालिम शुरु

  • प्रकाशित मितिः चैत्र 11, 2077
  • 224 पटक पढिएको
  • औजार संवाददाता

धरान । महिलाहरू उद्यमि ब्याबसायी बनाउने उद्देश्यले चार दिने ब्यावसायिक नर्सरी तालिम धरानमा शुरु भएको छ।

चालू आर्थिक वर्ष २०७७र७८ को लक्षित वर्गको बजेटबाट राष्ट्रिय आदिवासी जनजाति नगर महासंघ धरानद्वारा मंगलबार शुरु भएको छ।

चारदिने उक्त तालिमलाई धरान उपमहानगरका सामाजिक बिकास शाखा प्रमुख प्रज्ञादेबि निरौलाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ।धरान उपमहानगर वडा नम्बर ७ स्थित क्यामेलिया नर्सरीमा तालिम संचालन भैरहेको छ।

तालिममा धरानमा रहेका नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातिय संस्थाका २० जना महिलाहरु सहभागी रहेको कुरा महासंघका अध्यक्ष चन्द्रकला प्रधानले जानकारी दिए। चार दिनसम्म चल्ने उक्त तालिममा युमिहाङ राई क्यामेलियाको संचालक राजेश राईले प्रशिक्षण दिइरहेका छन।

तालिम अवधिभरमा फुलको ब्याड राख्ने बीउ बिजन सिचाइ लगायतमा जानकारी दिइनेछ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्