नीजि कलेजलाई पोष्ने उद्देश्यले कार्यदलको प्रस्ताव आयो, हामी स्विकार्दैनौः विद्यार्थी संगठन

  • प्रकाशित मितिः चैत्र 14, 2077
  • 297 पटक पढिएको
  • औजार संवाददाता

धरान । इटहरीका नीजि कलेजका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्न इटहरी उपमहानगरपालिकाले गठन गरेको कार्यदलले सिफारिस गरेको प्रस्ताव नीजि कलेजलाई पोष्ने गरी आएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
शुक्रबार बेलुका अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ती जारी गर्दै कार्यदलले ल्याएको प्रस्ताव स्विकार गर्न नसकिने बताएको हो । अनेरास्ववियुका सुनसरी अध्यक्ष रोशन रेग्मी र अनेरास्ववियु क्रान्तिकारीका सुनसरी अध्यक्ष अर्जुन पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनलाई विषयान्तर गर्ने गरी साङ्घातिक हमलाको संज्ञा दिइएको प्रति पनि आपत्ति जनाएका छन् ।
विद्यार्थीको आन्दोलन चर्कदै गएपछि इटहरी उपमहानगरपालिकाले विद्यार्थीको माग सम्बोधन गर्न भन्दै इटहरी उपमहानगरपालिकाका शिक्षा समिति सदस्य चन्द्र भट्टराईको संयोकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले ल्याएको प्रस्तावमा लकडाउनको समयमा २ महिनाको मात्रै शुल्क छुट गर्ने र विद्यार्थी आन्दोलनलाई बदनाम गराउने गरी सांघातिक हमला भएको भन्ने उल्लेख छ । उक्त विषयप्रति विद्यार्थीहरुको आपत्ति रहेको जनाइएको छ । ६ महिना भन्दा लामो समयसम्म लकडाउन भएको भन्दै विद्यार्थीहरुले ६ महिनाको शुल्क मिनाहा गर्नुपर्ने शर्त अघि सारेका छन् ।
कार्यदलको प्रस्ताव मान्य नहुने भन्दै शिक्षा समितिबाट भट्टराईलाई तत्काल राजिनामा दिन माग विद्यार्थीहरुले गरेका छन् भने मागको उचित सम्बोधन नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने समेत विज्ञप्तीमा उल्लेख छ । अनेरास्ववियु सुनसरी अध्यक्ष रोशन रेग्मीले लकडाउनका बेला अभिभावकलाई हात मुख जोड्न समस्या भइरहेको भन्दै क्याम्पस बन्द भएको समयको शुल्क कुनैपनि हालतमा बुझाउन नसकिने स्पष्ट पार्नुभएको छ ।

bigyapti-ith-student


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा