धरान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान–वडा नं १७ मा वडा कमिटी गठन भएको छ । नवगठित कमिटिको अध्यक्षमा मीन कुमार सुनुवार, उपाध्यक्ष जगत बहादुर श्रेष्ठ, सचिव जीवन कला राई, सह९सचिव अमिन राइ, कोषाध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । बिहिवार धरान–१७ स्थित उदय वन समुदायमा भएको कार्यक्रमबाट ११५ सदस्यीय वडा कमिटि गठन गरिएको हो । अहिले धरानमा नेपाल कम्युनिस्ट पार्टी एमालेले वडा कमिटी गठनमा तीव्रता दिएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य मुरारी सुवेदीले पार्टीमा सबै नेता तथा कार्यकर्तालाई उचित र सम्मानपूर्वक जिम्मेवारी प्रदान गरिने समेत बताउनुभयो । कमिटीलाई झन मजबुत बनाएर लानुपर्ने समेत बताए । नेकपा एमालेका धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ्ग एभेङ्गले नेकपा एमालेलाइ अझै सुदृढ बनाएर लानुपर्ने जिम्मेवारी आएको बताउनुभयो । एमालेको केन्द्रीय कमिटिको बैठकले आधिकारीकता दिएको र मूलधारको पार्टी आफुहरू भएको भन्दै अन्य समानान्तर कमिटिमा भ्रममा नपर्न आग्रह समेत गरे।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य मोतिराज सुनुवार, विजय राइ, मुरारि सुवेदी, धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ्ग एभेङ्गले कार्यक्रममा आफ्ना भनाई राखेका थिए । त्यस्तै राष्ट्रिय युवा सङ्घ धरान नगरका संयोजक भवानी दाहालको उपस्थि रहेको थियो ।
धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र
धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्
धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा
Copyright © 2021 - Aujarnews.com All rights reserved