सरकारको पहलमा दुर्गाप्रसादको उपचार सुरु (भिडियाे सहित)

  • प्रकाशित मितिः चैत्र 22, 2077
  • 294 पटक पढिएको
  • औजार संवाददाता

धरान । बिना कसुर भारतमा ४० वर्ष जेलजीवन बिताएर भर्खरै मात्र रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ ।

उनका रिहाइ केही दिन अघि मात्र भएकाे हाे । उनी भारतकाे जेलबाट छुटेर नेपाल अाइपुगे पनि स्वास्थ्यमा समस्या भएकाेले राम्ररी बाेल्न समेत नसक्ने अवस्थामा छन् । लामाे समय जेलमा बस्नु परेकाेले उनलाइ मानसिक समस्या भएकाे छ । स्वास्थ्यमा समस्या भएपछि अहिले प्रदेश सरकारको पहलमा विराट मेडिकल शिक्षण अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ । डा. पुरु कोइरालाले उनको प्रारम्भिक जाँच  गर्नुभएकाे छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गर्नुभएकाे छ । उनलाई यसै अस्पतालमा भर्ना गरी उपचार गरिने बताइएको छ ।

मन्त्री कार्कीको अनुरोधमा विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले तिम्सिनाकाे उपचार निःशुल्क गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री सहयोगी रवि खनालले जानकारी दिनुभयाे ।

 

durga-pd


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा