गौतम पथ सडक सौन्दर्यकरण

  • प्रकाशित मितिः चैत्र 25, 2077
  • 237 पटक पढिएको
  • औजार संवाददाता

धरान । पुर्ण जागरण टोल विकास समिति धरान-९ को आयोजनामा गौतम पथ सडक सौन्दर्यकरण उद्घाटन कार्यक्रम भएको छ । धरान वडा नं. ९ कार्यलय, धरान उपमहानगर पालिका वातावरण शााखा र सिभिल बैंकको सहयोगमा सोमबारका दिन उद्घाटन गर्दै उक्त सडक सौन्दर्यकरण बनाएको हो । सौन्दर्यकरणका लागि सडकको दुवै तर्फ बत्ती जडान गरि गमला राखिएको छ । सोमबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं।९ का वडाध्यक्ष रत्न कटुवाल ,विकास तथा वातावरण शाखा प्रमुख भेषराज घिमिरे ,पुर्ण जागरण टोल विकास समितिका उपाध्यक्ष विकास भाटि ,वडा नं।९ का वडा सदस्य सविना शाक्य र शरद रत्न पार्थिवले गमलामा पानि हालि र बत्ती बालेर सौर्न्दर्यकरण कार्यक्रम सफल भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तथा वडा नं. ९ का वडाध्यक्ष रत्न कटुवालले यस्तै यहाँ विभिन्न कुराहरु सम्पन्न भएमा ३ दिन सम्म सडक उत्सव राख्ने र जसका कारण पर्यटनलाई समेत आकर्षण गर्छ भनेर प्रस्ताव गरेको समेत बताउनु भयो ।

आफ्नो टोललाई सफा राख्न , सफा टोल , सफा समाज , सफा वडा , सफा नगर हुदै हुदै सफा राष्टको लागि लडि परेको कार्यक्रमको सभापति तथा विकास तथा वातावरण शाखाका प्रमुख भेष राज घिमिरेले बताउनु भयो ।

वडा नं.९ का वडा सदस्य सदस्य सविना शाक्य , शरद रत्न पार्थिव , सिभिल बैंकका मेनेजर पुनम शाह , ९ वडाका पुर्व अध्यक्ष हिरा उदास ,पुर्ण जागरण टोल विकास समितिको सल्लाहकार राज कुमार भुजेलले कार्यक्रममा आफ्ना भनाइ राखेका थिए ।


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा