टोल स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः चैत्र 26, 2077
  • 82 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान – १५ शिवगंगा वस्तीमा शिवगंगा गोविन्द मार्ग टोल विकास संस्थाको आयोजना शिवगंगा युवा क्लबको ब्यवस्थापन धरान उपमहानगरपालिका १५ नं. वडा समितिको आर्थिक सहयोगमा गत चैत्र २० र २२ गते टोल स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

टोल विकास संस्थाका अध्यक्ष रत्नकुमार नेम्वाङ्गको अध्यक्षता धरान – १५ का वडा अध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि इवारमले वडामा खेलकुदमा रुची राख्ने युवाहरुलाई उत्प्रेरित गर्न खेलकुदको सीप र क्षमता विकास गर्न युवा लक्षित बजेटबाट आर्थिक सहयोग गरेको वताएका थिए । सो अवसरमा टोल विकास संस्था र युवा क्लवले सम्मान पनि गरिएको थियो ।

संस्थाका अध्यक्ष रत्नकुमार नेम्वाङ्गले टोलको विकास निर्माणमा उल्लेखनिय योगदान पु¥याएकोमा अध्यक्ष नरेशकुमार इवारमलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । टोलका १४ ओटा समूह सहभागी रहेको ब्याटमिन्टन प्रतियोगितामा सोमबारे जिमि सुगम तामाङको समूह प्रथम, सुरेश राई र बिनोद लिम्बुको समूह दोस्रो भएका थिए । विजयी समूहलाई प्रमुख अतिथि इवारमले कप, मेडल र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा शिवगंगा वस्ती संरक्षण समितिका अध्यक्ष हरिकुमार राई, निराजन वस्ती कल्याण समाजका सचिव लोकराज निरौला शिवगंगा सुनौलो महिला समूहको उपाध्यक्ष बिमला लिम्बू, बाल सञ्जालका बिनोद रायमाझी, मेनुका दर्जी, कर्ण बहादुर खड्का रविन खत्री अतिथि रहेका थिए । खेल प्रतियोगिताको निर्णायक संजय राईले गरेका थिए ।


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा