प्रवासी नेपाली एकता मञ्च कतार नगर कमिटि अल्खोरको अध्यक्षमा अधिकारी

  • प्रकाशित मितिः चैत्र 28, 2077
  • 310 पटक पढिएको
  • औजार संवाददाता

सन्तोष केसी

    कतार । प्रवासी नेपाली एकता मञ्च कतार नगर कमिटी अल्खोरको अध्यक्षमा रामजी अधिकारी चयन भएका छन् ।

कोरोनाको कारण भौतिक रुपमा उपस्थिति हुन नसकी अनलाइन प्रविधि जुम मार्फत सम्पन्न भएको पुनर्गठन कार्यक्रम बाट अधिकारी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन ।

पोखरा निवासी अधिकारी बिगत लामो समयदेखी कतारको एक प्रतिस्ठित कम्पनीको उच्च ओहोदामा कार्यरत छन्।राजनितिक तथा बौद्धिक ब्याक्तित्व उनी कतारका थुप्रै संघसस्थामा आबद्ध रहँदै सामाजिक कार्य गर्दै आइरहेका छन्।

प्रवासी नेपाली एकता मञ्च कतारका सङ्गठन बिभाग प्रमुख चन्द्र बिकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मञ्चका अध्यक्ष चानक पोख्रेल रहेका थिए ।

वीर सहिदप्रती मौन धारण गर्दै सुरुभएको औपचारिक कार्यक्रममा रास्ट्रिय कमिटी सदस्य लोक बहादुर जोगिले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य बाट स्वागत गरे । कार्यक्रममा मन्तब्य राख्नेहरुमा रास्ट्रिय कमिटी सदस्यहरु प्रेम प्रसाद भट्टराई, भेषराज पराजुली,गणेश शिव लगायतले बोल्दै पुनर्गठित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

त्यस्तै विशेष अतिथि मञ्चका महासचिव प्रभात त्रिपाठिले बोल्दै सन २००४ देखि कतारमा जुझारु सङ्गगठन बनेको बताए । अहिले बिश्वका ४० भन्दा बढी मुलुकमा सङ्गठन बिस्तार भएपनि कतार सबैभन्दा ससक्त जुझारु टिम रहेको बताए । उनले , प्रधानमन्त्री केपी शर्मा ओलिले समृद्ध नेपाल सुखी नेपालीको नारा अङ्गालेको हुनाले उनको योजनालाई सार्थक तुल्याउन प्रवासी नेपाली एकता मञ्चले सहयोग पुर्याउनु पर्ने धारणा राख्दै पार्टी शुद्धिकरण तिर लागेकोले केही साथीहरुले बाटो बिराएको प्रसङ्ग निकाल्दै, छिट्टै लयमा फर्किने बताए । समितिले यहाँका सबै नगरहरुमा सङ्गठन पुनर्गठनमा जोडदिए सङ्गै आज ४ नम्बरमा गठन भएको बताउदै पुनर्गठित कार्यसमिति अझै जुझारु र ससक्त बनोस भन्दै शुभकामना दिए ।

प्रमुख अतिथि पोख्रेलले बोल्दै प्रधानमन्त्री ओलिले देश विकास गर्छु,ठेकेदार, दलाल, भ्रष्टचारी, लगायत देशको हित बिपरित गर्नेलाई कार्बाही गर्छु, बालुवाटार आउन दिन्नभन्दा आज प्रधानमन्त्रीलाई चारैतिर बाट घेराबन्दी गरिएको छ,सरकार गिराउने खेल गरिदै छ भन्दै प्रवासिएका सचेत युवा नेपाली हरुले साथ र सहयोग गर्नुपर्ने धारणा राखे ।

आज अल्खोरमा नगर कमिटी पुनर्गठन गरेको र आउँदा दिनमा सबै नगरमा कमिटी गठन गर्ने बताउदै उत्साहको साथ कामगर्न आग्रह गरे । सङ्गठनमा लागेपछि निस्पक्ष, इमानदारिता, मर्यादित, सामाजिक भावना बोकेर कामगरे सफलताको सिँढी चढ्न सजिलो हुने बताए । पोख्रेलले प्रधानमन्त्री ओलिले नयाँ बर्षका दिन प्रवासका नेपाली हरुलाई सम्बोधन गर्न आउने बताउँदै सकेसम्म सबैलाई उपस्थिती जनाउन आग्रह गर्दै नयाँ कार्यसमिति लाई बधाई सहित सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमका सभापति सङ्गठन बिभाग प्रमुख चन्द्र बिकले बोल्दै सङ्गठन निर्माण तिब्र बनेको र अहिले अल्खोरमा ४ नम्बर नगरकमिटी गठन गरेको र आउदो दिनमा तिब्रताका साथ सङ्गठन निर्माण प्रक्रिया हरु अगाडि बढ्ने बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण प्रवासी नेपाली एकता मञ्च कतार राष्टृय कमिटी तथा सचिवालय सदस्य खेमराज सुबेदीले गरेका थिए ।

प्रवासी नेपाली एकता मञ्च कतार,४ नम्बर नगरकमिटी , अल्खोरको कार्यसमिति यस प्रकार रहेको छ।

अध्यक्ष : रामजी अधिकारी
उपाध्यक्ष : ध्रुव भन्डारी
सचीव : सन्तोष के.सी
सह - सचीव : बिनोद उप्रेती
कोषाध्यक्ष : द्रोण प्रसाद गुराँगाई
सह -कोषाध्यक्ष : सुर्य गुराँगाई
सदस्यहरु क्रमस : धनवीर जोगि,बिष्णु भन्डारी,ओम थापा, तारालाल श्रेष्ठ, रोशन कार्की, तिलक कार्की गरि १२ सदस्य र पछि १ जना सदस्य मनोनित गरिने सहित १३ सदस्यिय कार्यसमितिको चयन सर्वसहमती बाट गरिएको थियो ।
त्यस्तै नव निर्वाचित अध्यक्ष अधिकारीले बोल्दै आफू विद्यार्थीकाल देखिनै पार्टीको झन्डा लिएर हिडेको भएपनि कतार प्रवासमा आएर विविध कारणले गर्दा सङ्गठनमा आबद्द हुन सकिएन, तर अव आएर आत्मदेखि नै आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने प्रतिबद्धता गर्दै रास्ट्रीय कमिटी सङ्ग समन्वय गर्दै आगामी कार्यक्रमको तर्जुमा गर्ने बताए ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्